२०७५-८-२८

०८:४०

बलिउडका प्रख्यात कलाकार सोनाली बेन्ड्रे उपचारपछि घर फर्किन ,अव न्युर्योक जानु नपर्ने

मुम्बाई, भारत १७ मङ्सिर  -  बलिउडका प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकमा क्यान्सरको उपचारपछि घर फर्किएकी छन । उनी सोमबार विहान सबेरै मुम्बाई फर्किएकी हुन ।


सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्र्र्किएको उनका श्रीमान गोल्डी बेहलले बताउनु भएको छ । सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अव थप उपचारको लागि न्युर्योक जानु नपर्ने बेहलले बताएका छन ।


करिब छ महिनादेखि सोनाली राम्रो होस भन्ने चाहाना राख्ने सबैलाई उनी राम्रो भएको खबर गर्न चाहेको बेहलले बताएका छन ।


यस अवधिमा सोनालीप्रति सबैले देखाउनु भएको माया र समर्थनको लागि बेहले धन्यवाद दिनु भो । अव सोनालीको उपचार पूरा भएको र अव उनी पूर्णरुपमा स्वास्थ्य भएकी बेहलले बताएका छन ।


न्युर्योकमा सोनालीको उपचारपछि उनलाई घर फर्काउन पाएको आफू अत्यन्त खुशि भएको बेहलले बताएका छन ।


अरु विरामीले जस्तो उनको पनि नियमित जाँच गराउनु पर्ने बताइएको छ । सोनाली बलियो आत्मबल भएको महिला र उनीप्रति आफूलाई गर्व रहेको बेहलले बताएका छन ।(रासस ÷एएनआई)