२०७५-८-२८

०८:२७

उद्यमशीलद्वारा रेमिटेन्स सेवामा लक्की ड्र विजेतालार्इ नगद हस्तान्तरण

तीनकुने (२०७५-०८-१८) - धरान १० मा रहेको उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवाग्राहि र सहकारीको सम्बन्धलार्इ अझ बलियो बनाएर अधि बढाउने उदेश्यले रेमिटेन्स सेवामा बार्षिक बम्पर योजना अन्तर्गत वर्ष भरी रेमिटेन्स गरेका व्यक्तिहरूमा लक्की ड्र गरी विजेता भएकी ज्योति लिम्बुलार्इ मंगलबार सहकारीले अाफ्नै कार्यलयमा नगद रू. २५ हजार सहित प्रमाणपत्र र दोसल्ला प्रदान गरेको छ ।

 

साथमा सान्तवना पुरस्कार अन्तर्गत सरीता विक र सुनिता शर्मालार्इ जनहि ५/५ हजार सहित दुबैजनालार्इ प्रमाणपत्र र दोसल्ला प्रदान गरीएको थियो ।

यसैगरी पुरस्कार प्राप्त गर्नका निम्ति भने हरेक रेमिटेन्स उद्यमशीलबाट नै गर्नुपर्ने हुन्छ । पुरस्कार उद्यमशीलका अध्यक्ष डा. योगेन्द्र रार्इ प्रदान गरेका थिए ।

 

सेवा ग्राहि र सहकारीको सम्बन्धलार्इ अझ बलियो बनाएर अधि बढ्ने उदेश्यले "रेमिटेन्स गर्नुस हजारपति बन्नुहोस" भन्ने मूल नाराका सुरू भएको रेमिटेन्स सेवामा वर्षभरी रेमिटेन्स गर्ने (पठाउने/पाउने) सम्पूर्ण ग्राहक मध्ये सबैभन्दा बढि रेमिटेन्यस गर्ने (पठाउने/पाउने) व्यक्तिलार्इ बार्षिक बम्पर योजना अन्तर्गत लक्की ड्र मार्फत नगद रू.२५ हजार र सान्तवना पुरस्कार अन्तर्गत ५ हजार बराबरको दुई जनालाई नगद प्रदान गरिने अनुसार नै उक्त रकम र पुरस्कार प्रदान गरीएको हो ।