२०७५-८-२८

०८:२२

डिपो कपमा मेरिल्याण्ड, विष्णु र आइडल क्वाटरफाइनल प्रवेश

धरान(२०७५-०८-१८) - १५ औँ ललित अम्वर डिपो कपको दोस्रो दिन मंगलवार भएको खेलमा मेरिल्याण्ड, विष्णु र आइडल स्कुल विजयी वन्दै क्वाटर फाइनल प्रवेश गरेको छ ।

 

मरिल्याडले नवज्योतिलाई १–०, विष्णुले सत्यशिसुलाई सडनडेथमा २–१ र आइडलले सृजना स्कुललाई ४–० गोल अन्तरले पराजित गरेको छ । विष्णु र सत्यशिसु विच भएको खेलमा निर्धारित समयमा दुवै तर्फ गोल हुन नसके पछि खेल पेनाल्टिमा धकेलिएको थियो । पेनाल्टिमा दुवै तर्फ एक एक गोल भए पछि सडन डेथमा विष्णु विजयी भएको हो ।

विष्णु स्कुलका मन्जिल मगर र तेन्जिङ लिम्वुले गोल गरेका थिए । भने सत्यशिसुको तर्फ वाट सोना कुमाले गोल गरेको थियो । पहिलो खेलमा मेरिल्याण्डका रोमन रनपहेलीले एक मात्र निणयक गोल गरे । तेस्रो खेलमा आइडल स्कुलका रोहन विकले दुई गोल, रोजक विक एक र सन्देश लिम्वुले एक गोल गरेका छन ।

नवज्योतिका डोमन लिम्वु, सत्यशिसुका साइमन गुरूङ्ग र सृजना स्कुलका सन्देश लिम्वु म्यान अफ द म्याच घोषित भए । उनहिरूलाई डिपो स्कुल व्यवस्थापन समितीका सदस्य भिमराज लिम्वुले मायाको चिनो प्रदान गरे ।

भोलिको खेल पुर्व क्षेत्रिय प्रहरी स्कुल र सेक्रेटर हर्ट, विलीवर्स पाचकञ्य र महेन्द्र मेमोरियल दुहवि, लिटल फ्लावर र कार्मेल र धरान आदर्श र इस्टर्नबीच हुनेछ ।

तस्विरः विकास चाम्लिङ राई