२०७५-८-२८

०८:५८

नेपाली कथानक चलचित्र “समय”को धरानका विशेष प्रदर्शनि हुने

तीनकुने(२०७५-०८-१९) - ऋतान्सु फिल्म्सको नयाँ प्रस्तुतिमा नेपाली कथानक चलचित्र “समय”को धरानका विशेष प्रदर्शनि हुने भएको छ ।

 

धरानको विष्णु मेमोरीयल स्कुलको कक्षा १० मा अध्यनरत १४ वर्षिय शैब श्रेष्ठको मुख्य भुमिका रहेको उक्त चलचित्र यहि मंसीर २१ गतेका दिन विष्णु स्कुल, २३ गते गोर्खा शिने प्लेक्स र २४ गते युरेका स्कुलमा विशेष प्रदर्शनि गर्न लागिएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।

 

डि. के. ढुंङ्गानाको कथा हरेको उक्त चलचित्रमा अस्ट्रेलिया बस्ने रूवालीको गीत र राजेश कुमार श्रेष्ठको संगीत रहेको छ । चलचित्र निर्देशक सुरेन्द्र शाहले उक्त चलचित्र निर्देशन गरेका हुन्न् । चलचित्रको निर्माता बेल्जिमयममा बस्दै अएका जोशी कुमार हुन् भनै बिशाल श्रेष्ठ र शर्मिला श्रेष्ठ कार्यकारी निर्माता हुन् । सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको चलचित्र हलमा आउने मिती भने तय नभएको चलचित्रका निर्देशक शाहले बताए ।

 

लगभग पाउने २ घण्टाको चलचित्रमा विद्यार्थी जिवनमा समयको महत्व र अभिभावकले आफ्नो सन्तानलाई दिनुपर्ने समयको विषयवस्तुलाई सामान्य तवरले देखाउनु खोजिएको पत्रकार सम्मेलनमा बताइएको छ । शिक्षालाई केन्द्रविन्दुमा राखेर एक विद्यार्थीको समयचक्रलाई चलचित्रमा देखाइएको बताइएको छ । जसले समाजमा विद्यार्थी जिवनमा समयलाई सदुपयोग गर्न नसक्दा समयले नपर्खने ज्ञान दिएको निर्देशक शाहले बताएका छन् ।

 

चलचित्रमा शैबका साथै, मोनिका दाहाल, सुरेन्द्र शाह, बिशाल श्रेष्ठ लगायत कलाकारको अभिनय देख्न पाइनेछ । काभ्रेको मण्डन देउपुर नामक विकट गाउँमा छायङ्कन गरीएको चलचित्र निर्माणमा ५२ लाख खर्च भएको कार्यकारी निर्माता श्रेष्ठले बताए ।