२०७५-८-२८

०९:२४

भवन निर्माण व्यवसायिहरूकाे क्षमता विकासका लागि १ दिने नेतृत्व विकास कार्यक्रम सम्पन्न

-माैसमि कार्की

धरान(२०७५-०८-१९) - स्थानिय भवन निर्माण व्यवसायिहरूकाे क्षमता विकासका लागि स्थानिय भवन निर्माण व्यवसायकाे अार्थिक सहयाेग र धरान प्राविधिक शिक्षालय तथा व्यवसायिक तालिम केन्द्रद्वारा हाेटल ड्रिमल्याण्ड हलमा दुई समूह गरेर १ दिने नेतृत्व विकास कार्यक्रम सम्पन्न भएकाे छ । 

 

कार्यक्रम मंसिर १३ गते १८  गते समापन भएकाे हाे ।  तालिममा कृष्ण शाह र विष्णु बरालले सहजिकरण गर्नुभएकाे थियाे । तालिममा दुवै पटक गरि ५५ जना प्रशिक्षार्थिकाे सहभागिता रहेकाे थियाे । 

 

 

कार्यक्रममा बाेल्दै धरानउपमहानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष नेरेशकुमार ईवारामले यस्ता कार्यक्रमले स्थानिय ईन्जिनियरकाे क्षमता बिकास र अाउने दिनमा भवन निर्माणका लागि टेवा पुग्ने बताए । यश विषयमा स्थानिय सरकारले अावश्यक पहल गर्ने समेत बताए ।

 

 

धरान प्राविधिक शिक्षालय तथा व्यवसायिक तालिम केन्द्रका प्रबन्ध निर्देशक श्री टंक राज खत्रीकाे अध्ययक्षतामा सम्पन्न कार्यक्रममा , स्थानिय भवन निर्माण समितिका सचिव हरि बहादुर कार्कि ,स्थानिय भवन निर्माण समितका अध्ययक्ष नारायण लिम्बू लगायतकाे उपस्थिति रहेकाे थियाे ।