२०७५-८-२८

०९:४७

डिपो कपमा प्रिक्वाटरको खेल सकियो, भोलीबाट क्वाटरफार्इनल र प्लेट च्याम्पियनसिपको खेल सुरू

तस्विर : विकास चाम्लिङ राई

धरान (२०७५-०८-१९) - १५ औ ललित अम्बर डिपो कपमा बुधबार भएको पहिलो खेलमा नेपाल प्रहरी स्कुलले सेक्रेट हर्ट स्कुललाई ४–० को फराकिलो जित हात पारेको छ । फराकिलो जितका लागी नेपाल प्रहरी स्कुलको तर्फबाट जेसन खातुन, श्रदन्य श्रेष्ठ, सोनि यादव र प्रवेश तामाङ्गले गोल गरेका थिए । 

       यस्तै अन्य खेलमा महेन्द्र मेमोरियल स्कुलले विलिर्भस स्कुल पञ्चकन्यालार्इ २–१, लिटल फ्लावर्स स्कुलले कार्मेल हार्इ स्कुललाई १–० र इर्स्ट स्कुलले धरान आदर्श स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ । 

       महेन्द्र मेमोरिलका लागी सुजन सरदार र निश्चल धमलाले गोल गरेका थिए भने विलिर्भसका लागी अमन राईले एक गोल फर्काएका थिए । कार्मेल विरुद्ध लिटल फ्लावर्सका पर्वत लिम्वुले निर्णायक गोल गरेका थिए । त्यस्तै गरि अन्तिम प्रिक्वाटर खेलमा इस्र्टनका उमङ राईले धरान आदर्श विरुद्ध गोल गर्दै टिमलाई क्वाटर फाइन्ल प्रवेश गराएका थिए । 

       बुधबार भएको खेलमा सेक्रेट हर्टका अनिस प्रसाई, विलिर्भसका अमन राई, कार्मेलका माइकल लिम्बु र धरान अदर्शका क्षितिज लिम्बु म्यान अफ द म्याच घोषित भए ।  उनहिरुलाई डिपो स्कुल व्यवस्थापन समितीका सदस्य भिमराज लिम्वुले मायाको चिनो प्रदान गरेका थिए । 

       भोलिको पहिलो क्वाटर फाइनल खेल नेपाल प्रहरी स्कुल र हिमशिखर तरहरा र दोस्रो क्वाटरफाइनल खेल मेरिल्याण्ड र आइडल बिच हुनेछ । त्यस्तै गरि प्लेट च्याम्पियन तर्फ डिपो र नवज्योति र सेक्रेट हर्ट र सृजना स्कुल बिच खेल हुनेछ ।