२०७५-८-२८

०९:५७

गेसोद्वारा गोर्खाहरुले गरेको आन्दोलन र गेसोको मागहरुको विषयमा जानकारी

तीनकुने(२०७५-०८-१९) - गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले बुधबार धरानमा अन्र्तक्रियात्मक पत्रकार सम्मेलन गर्दै गोर्खाहरुले गरेको आन्दोलन र गेसोको मागहरुको विषयमा जानकारी दिएका छन् ।

गोर्खाहरुको समस्या नेपाल राष्ट्रको स्वाभिमानसँगको बिषय भएकोले पनि अब नेपाल सरकारले बेलायतले सरकरसँग वार्ता गरेर भूपू गोर्खाहरुको समस्या समाधान गर्न आग्रसरता लिनुपर्ने गेसाको माग रहेको गेसोका सभापति कृष्णकुमार राईले बताएका छन् ।

गेसो आन्दोलनलाई कमजोर बनाउन बेलायत सरकारले ल्याउन लागेको प्याकेज सुविधा स्वीकार्य नहुने समेत बताएका छन् । गोर्खाहरुको समस्यालाई गम्भीरतापुर्वक लिदै सांसदहरुले २१ सदस्यीय समिति बताएको छ । योगेश भटराई संयोजक रहेको उक्त समितिले गोर्खाहरुको आवाजलार्इ संसदमार्फत उठाउन र समस्या समाधान गर्न सहयोग गर्नेछ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका समितिका सहसंयोजक एवं सांसद राजेन्द्र राईले गेसो आन्दोलन र मागहरुलाई छिटो निष्कर्षमा पुर्याउन पहल भइरहेको बताएका छन् ।

बेलायत सरकारका प्रतिनिधि, नेपाल सरकारका प्रतिनिधि र गोर्खाहरुको प्रतिनिधिले त्रिपक्षीय रूपमा तयार परेको १३ बुँदे प्रतिवेदनमा केके रहेको छ भनि कार्यक्रममा जानकारी गराइएको थियो । प्रतिवेदन दुवै देशको सरकारलाई बुझाइसकेकोले अब त्यसको कार्यन्वयनको प्रतिक्षामा रहेको समेत गेसोका सभापति रार्इले बताए । १३ बुँदे प्रतिवेदनमा गोर्खा सिपाहीले ब्रिटिश सिपाही समान दर्जा अनुसारको पुर्णपेन्सन पाउनुपर्ने, ड्युटीमा मारिएका, मरेका र घाइते भएका ब्रिटिश गोर्खाले ब्रिटिश समान पेन्सन पाउनुपर्ने, पेन्सन दर्जा अनुसारले पाउनुपर्ने लगायत रहेको छ ।

कार्यक्रममा पत्रकार एवं गेसो आन्दोलनको विषयमा जानकार रहेका राजेश राईले गोर्खा भर्तीको इतिहास, त्यसले पारेको सकरात्मक तथा नकरात्म असर, गेसो आन्दोलनलगायतको बिषयबस्तु लगायतका विषयमा जानकारी गरार्का थिए ।