२०७५-८-२८

०८:२२

नारायण गोपालको स्मृतिमा धरानमा सांगीतिक कार्यक्रम सम्पन्न

तीनकुने(२०७५-०८-२०) - नेपाली सांगीतिक क्षेत्रका स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवसमा धरानमा विभिन्न सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।

साँझ ५ बजेबाट धरान १० शैनिक भवनमा निसाद संगीत धरानको आयोजनामा “कला र कलाकारको सम्मान गरौं” भन्ने नारासहित नारायण गोपाल स्मृति साँझ सम्पन्न भएको हो । स्मृति साँझमा कलाकार दीपक दर्नाल, कृष्णराज श्रेष्ठ, मेरी शाक्य, भिषण अधिकारी, महेश मोहरा, कमल विष्ट, जुनु खुलाल, लगायतले नारायणगोपालका दर्जनौं कालजयी गीत गाएका थिए ।

अतिथि कलाकारहरुमा नविन राैर्इ प्रिया लामा र मनोहर शाक्यले समेत नारायणगोपालका गीत गाएर मनोरञ्जन दिलाएका थिए । स्मृति साँझमा वाध्यवादन तर्फ रोशन शर्मा, साैरव उदास, विराट लिम्बु, विनोद रार्इ, महेश तामाङ, बब्लु मेहता लगायत रहेका थिए । अथिति वाद्यवादनमा नेपालको चर्चित गायनतर्फ रीयालिटि सो नेपाल अार्इडलका तबलावादक शम्भु बनिया रहेका थिए ।

यसका साथै धरान ९ पुतलीलाइनमा रहेको फ्रेन्ड्स गार्डेन लाउञ्ज एण्ड बारमा समेत स्वरसम्राट नारायण गोपालको सम्झनामा सांगीतिक कार्यक्रम भएको थियो । कार्यक्रममा गायक डिल्ली फोम्बो साथमा दि बिमोक्स ब्याण्डले नारायण गोपालका दर्जनौ गीत गाएर सुनाएका थिए ।