२०७५-१०-७

१०:०८

युरेकाले रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनायो, हिरासत भवन निर्माणको लागि २५ हजार प्रदान

तीनकुने(२०७५-०९-२२) - धरानमा विगत २५ वर्षदेखि  सञ्चालनमा रहेको युरेका आवसीय माध्यमिक विद्यालयको रजत जयन्तीको अवसरमा अायोजित सप्ताहव्यापी कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

 

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात समापन समारोहको कार्यक्रमको प्रमुख अतिथि समेत रहेका प्रदेश नम्बर १ का सभामुख प्रदिपकुमार भण्डारीले केक काटेर सुरूवात गरेका थिए । कार्यक्रममा बोल्दै सभामुख भण्डारीले विद्यालयको प्रसंसा गर्दै अाफ्नो क्षेत्रबाट सक्ने सहयोग विद्यालयलार्इ सदैब प्रदान गर्ने बताएका छन् ।

सभामुख भण्डारीको उपस्थितिमा धरानमा निर्माण भर्इरहेको अत्याधुनिक हिरासत भवन निर्माणको लागि २५ हजार रूपैयाँ हिरासत भवन निर्माण समितिका संयोजक मिन सुब्बालार्इ विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार गुरुङ, विद्यालय व्यावस्थापन समितिका पदाधिकारी लगायतले प्रदान गरेका थिए ।

धरान ८ सभागृहमा भएको कार्इक्रममा कक्षा ६ देखी माथिल्लो कक्षाको विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

       सप्ताहव्यापी कार्यक्रममा यही पाैष १४ गते सिंहदेवि चाैकबाट वाकाथन सुरु गरी विद्यालयले अाफ्नो रजतजयन्तीको सुभारम्भ गरेका थिए । त्यसपछि क्रमशः पाैष १५ गते आधुनिक शिक्षा र शिक्षणसम्बन्धी “२१ अाै सताब्दिको विद्यालय शिक्षाको पद्धति कस्तो हुने र कस्तो हुनुपर्छ” भन्ने विषयमा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम, १६ गते प्राथमिक तहको स्पेलिङ र माध्यमिक तहको कोलार्ज प्रतियोगिता, १७ गते विद्यालयमा पढिरहेका विद्यार्थीहरूको हजुरबुबा हजुरआमासँग भेटघाट तथा सम्मान कार्यक्रम, १८ गते भूपु शिक्षक तथा भूपू विद्यार्थीहरूको भेटघाट एवं रात्रीभोज कार्यक्रम, १९ गते रक्तदान कार्यक्रम र २० गते कक्षा प्लेग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरीसकेको ।

       वि. सं. २०५० साल पाैष २१ गते स्थापना भएको विद्यालयले अहिले विद्यार्थीहरुलाई सामाजिक दायित्वबोध गराउने कार्यक्रममा समेत सहभागी गराइरहेका छन् साथमा प्रविधीको विकास सँगै कम्प्युटरलार्इ अनिवार्य शिक्षामा समावेश गरेको छ । विज्ञान प्रयोगशालाको राम्रो प्रबन्ध रहेको विद्यालयमा कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था र फिटनेसका लागि कराते, नृत्य तथा कलाकारिताको लागि विज्ञहरुद्वारा नियमित अार्ट क्लास समेत सञ्चालन भइरहेको छ ।