२०७५-१०-७

०९:२३

एम्स एकेडेमिद्वारा छिमेकी युवा समुहलार्इ फुटबल जर्सी सेट प्रदान

धरान(२०७५-०९-२२) - धरानमा १२ मा रहेको एम्स एकेडेमिले छिमेकी युवा समुहलार्इ २० हजार मूल्य बराबरको फुटबल जर्सी सेट प्रदान गरेको छ । अार्इतबार एक कार्यक्रमको अायोजना गरी खेलाडिहरूका लागि १८ थान जर्सी र मोजाको सेट साथमा २ थान अफिसल जर्सी प्रदान गरीएको हो ।

       गोधुली फुटबल रनिङ कपको लागि छिमकी युवा समूहले वडा नम्बर १२ को टिमलार्इ व्यावस्थापन गरीरहेकाले खेलाडीहरूको प्रोत्साहनका लागि उक्त सामग्री प्रदान गरीएको एम्स एकेडेमिका प्रधानाध्यापक मित्र तामाङले बताएका छन् ।

       गोधुली फुटबल रनिङ कपमा यहि २४ गते १२ नम्बरले १९ नम्बरको सामना गर्दैछ । यसपटक बडा नं. १२ मा युवा खेलाडीको बाहुल्यता रहेकाले १२ ले जित्ने सम्भावना रहेको छिमेकी युवा समुहका अध्यक्ष राजेन्द्र रार्इले बताएका छन् । उक्त कार्यक्रममा एम्स एकेडेमिका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, छिमेकी युवा समुहका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । उक्त सामग्री वितरण कार्यक्रमको सहजिकरण एम्स एकेडेमिका संचालक सदस्य हेमन्त भण्डारीले गरेका थिए ।