२०७५-१०-७

१०:२५

न्युट्रिसन काउन्सिलिङगको उद्देश्य भनेको पोषण र खानपानसँग सम्बन्धित सचेतना फैलाउनु हो: डाइटीसियन प्रियंका पराजुली

७ तौ यमरी सांस्कृतिक तथा पर्यटन २०७५  मा न्युट्रिसन काउन्सिलिङग एण्ड रिसर्च प्रा. लिले उत्कृष्ट  स्टल अवर्ड प्राप्त गरेको छ । स्टलमा के कती जनाले लाभ उठाउन सफल रहे  र के सुविधा स्टलमा थियो त्यसै  विषयमा कार्यक्रम हाम्रो स्वास्थ्यमा प्रस्तोता अनिताले डाइटीसियन प्रियंक पराजुलीसँग गरेको संक्षिप्त कुराकानी । वहाँ उक्त संस्थाको संस्थापक पनि हुनुहुन्छ ।

 

१. दुई दिन सम्म भएको खाद्य मेलामा पोषण सँग सम्बन्धित के कस्ता समस्याहरु देखा परे ?


- हामीले लगभग २०० जना जस्तो बिरामी सँग भेट हुने मौका पायौ ।  लगभग ९०% जस्तो हामीले मोटोपना पायौ ति मध्ये पनि ६०% मोटोपना ,३०  % चाँही अधिक तौल, ३१ प्रतिशतलाई उच्च रक्तचाप र ४० प्रतिशतलाई मधुमेह भएका व्यक्तीहरु थिए ।


२. उनीहरु आफ्नो स्वास्थ्यको लागि कती सचेत रहेको पाउनु भयो ?


 - प्राय जसो सचेत नै हुनुहुन्थयो तर के गर्ने ,कसो गर्ने थाहा न भएर अन्योलमा थिए । वहाँहरु अचमितमा पर्नु भयो जब उनिहरुले मधुमेह ,उच्च रक्तचाप औषधीले मात्र नभएर खानपानले समेत नियन्त्रण गर्न सकिने  रहेछ भनेर । साथै उनीहरुलाई कहाँ गएर यस्तो जानकारी लिने भन्ने थाहा न भएको रहेछ र मलाई लाग्छ हामीले स्टल मार्फत यो जानकारी दिन सफल भयौ कि डाइटिसियन कहाँ गएर जानकारी लिन सकिने  रहेछ  भनेर ।


३. धरानमा सटल राख्नुको मुख्य उद्देश्य  के थियो ?


 - हाम्रो संस्थाको मुख्य उद्देश्य भनेको सचेतना फैलाउनु हो । सचेतना फैलाउनको लागि के कुरामा सचेतना फैलाउने भन्दा बिरामीलाई को सँग  गएर खानपानको बारेमा जानकारी लिने भन्ने बारेमा थाहा छैन । डाक्टरकोमा जानु हुन्छ औषधी पनि लिनुहुन्छ   तर खानपानको व्यवस्थापन पनि उत्तिकै महत्वपुर्ण हुन्छ भन्ने बिषयमा वहाँहरुलाई थाहा नै छैन । हामीले मधुमेह ,उच्च रक्तचाप र मुटुरोगलाई  खानपानले प्रत्यकक्ष असर हुन्छ र खानपानको माध्यमबाट  कम गर्न सकिन्छ भन्ने अभीप्रायले मेला उत्सवलाई हामीले प्राथमिक्तामा राखेका छौ । यसले गर्दा डाइटिसियनको प्रवर्धन पनी हुने साथै रोगको केही हद सम्म नियन्त्रण पनि हुने भएकोले हामीले स्टल राखेका हौ ।


४. स्टलमा केके सुविधा दिईएको थियो ?


- हाम्रो स्टल अगाडि नै हामीले कुन खानेकुरा कसरी खाने त्यसरी राखेका थियौ जस्तै हामीले अन्न ,गेडागुडी ,सागपात  फलफुल ,माछा ,मासु  ,तेल ,घिउ ,चिनी जस्ता खानेकुरालाई कसरी खाने ,सधैं कती खाने भन्ने कुरालाई हामीले पिरामिड बनाएर प्रस्तुत गरेका थियौ जसलाई हेरेर पनि थुप्रै बुझ्न आउनु भएको थियो । हाम्रो मुख्य आकर्शणको बिषय भनेको हामीले शरीरको बनावट कस्तो छ भनेर पनि जाँच गरेका थियौ जस अन्तर्गत शरीरमा भएको बोसोको मात्रा ,मांसपेशीको मात्रा र शरीरलाई चाहिने निउनतम शक्ती कती छ भनेर पनि जाँच गरेका थियौ । साथै बि. यम . आई जसलाई शरीर पिण्ड सुचांक पनि भन्ने गरिन्छ त्यो पनि जाँचेका थियौ । हामीले शरीरको अवस्था हेरेर डाईट प्लान पनि प्रदान गरेका थियौ । हामीले रगतमा रहेको चिनीको मात्रा र रक्तचाप पनि जाँचेका थियौ ।


५. मानिसको उमेर अनुसारको तौल कती हुनु पर्दो रहेछ ?


-  हामीले उमेर अनुसारको तौल २० वर्ष भन्दा माथिको व्यक्तीमा मात्रा हेर्छौ । हामीले त्यहा मोटोपना हेरेका थियौ जसमा उचाइ अनुसारको तौल हेरेका थियौ जसको लागि बि . यम . आईको प्रयोग गरिन्छ । शरीरको बनावटको जाँच गरेका थियौ जसमा मानिसको उमेर र शरीरको उमेरमा फरक पर्दो रहेछ भनेर हामीले थाहा पायौ ।


६. मोटोपना हुनुमा खानपानको भूमिका कस्तो छ ? बोसो भनेको के हो ?


 - हामीले ३० % अधीक  तौल   पाएका थियौ  ।  अधीक  तौल   र मोटोपनामा फरक छ । र यसलाई खानपानले धेरै नै असर गर्छ । खानपानले कसरी असर गर्छ भन्दा कत्ती जनाले मत खाना खादिन तर पनि म मोटाए भन्ने गरेको पाइयो यसको कारण हो जब हामी एकै पटक खान्छौ तब हामी धेरै खान्छौ । त्यसैले गर्दा खानपानको बारेमा थाहा न पाएर पनि मोटोपन हुने गर्छ भने रोगहरुले गर्दा पनि हुन सक्छ ।
बोसोलाई हामीले साधारण भाषामा भन्नु पर्दा चिल्लो पदार्थ हो । यो हामीले खाने गरेको प्राय सबै खानेकुरामा हुने गर्छ । यसले भिटामिन र अरु खनिज पदार्थलाई हाम्रो शरीर भित्र राख्छ । बोसोले शरीरको तापक्रमलाई रेगुलेट गर्छ । बोसो पनि राम्रो र नराम्रो खाले हुन्छ यदी राम्रो खाल्को बोसो omega -3 ,omega -6 खानाको माध्यमबाट पाईएको छ भने त्यसले नराम्रो बोसोलाई हाम्रो शरीरबाट घटाउन मद्त गर्छ । नराम्रा बोसोले उच्च रक्तचाप ,मुटु रोग जस्ता रोगहरु निम्त्याउछ । राम्रो बोसो हामीले माछा ,दुध जन्य खानेकुरामा ,भेजीटेरियनले आलसको दानामा पनि पाइन्छ ।


६. डाईट म:म भनेको के हो र  स्टलमा  डाईट म:म राख्नुको कारण के हो ?


- हामीले रिसर्चहरु हेर्दा त्यहा प्रचलित र बढी खाईने खाजा भनेको म:म रहेछ । रिसर्च अनुसार हरेक घरमा मुटु रोगी ,कब्जियत जस्ता रोगले सताएका धेरै हुनुहुन्छ अनी हामीले के विचार गरेउ भने रोगीले पनि खान मिल्ने म:म किन नबनाउने भन्ने सोचेर यो डाईट म:म बनायौ र यसमा  हामीले मैदाको साटो आटाको प्रयोग गरेर घुलनसिल र अघुलनशिल रेसाहरु हालेर स्वस्थ्य म:म बनायौ । यो म:म को कुरा गर्दा हामीलाई यो कन्सेप्ट जस्ले भन्नु भयो वहाँलाई सम्झन चाहन्छु वहाँ जोन हप्स्किन युनीभर्सिटीको प्रोफेसर डा सुदिप श्रेष्ठ हुनुहुन्छ वहाँको सल्लाह अनुसार हामीले स्टलमा डाईट म:म ल्याएका थियौ ।


७. न्युट्रिसन काउन्सिलिङग एण्ड रिसर्च प्रा. लिकोउद्देश्य के रहेको छ ?


 - हाम्रो मुख्य उद्देश्य भनेको  पोषण र खानपानले शरीरलाई स्वास्थ्य र रोगबाट नियनत्रण राख्नु  सम्बन्धित सचेतना फैलाउनु हो । नेपालमा सिमित डाइटिसियन सेवा रहेको छ त्यसलाई विस्तार गर्ने पनि हो ।


८. संस्थाले के सुविधा दिईरहेको छ ?


- हाम्रो संस्थाबाट धेरै सुविधा लिन सक्नु हुन्छ प्रथम भनेको पोशणतथा स्वास्थ्य स्थितीको लेखा जोखा ,तौल बढाउने तथा घटाउने, डाईट प्लान प्रदान गर्ने जस्मा कुन रोगीले कुन किसिमको खानपान गर्ने,जेरियार्टिक न्यूट्रिसन अन्तर्गत ६० बर्ष भन्दा माथिका वृद्धवृद्धाहरुको पोषण स्थिति लेखाजोखा गरी परामर्श दिने, त्यस्तै विभिन्न संघ संस्था, बैङ्कहरुमा दिवा खाजाको व्यवस्था र विद्यालयमा पोषणसँग सम्बन्धित कार्यक्रमहरु गर्ने र अर्को भनेको हेल्दि  कुकिङ ट्रेनिङ रहेको छ तर यो हामी प्लान गर्दै छौ । उक्त ट्रेनिङ अन्तर्गत खानालाई कसरी पौषटिक तत्व नाश न गरेर बनाउन सकिन्छ भन्ने प्लन गरी रहेका छौ ।


९. सेवा सुविधा लिन आउनुचाहनेहरुले कती शुल्क तिर्नु पर्दछ ?


 - हाम्रोमा प्याकेज अनुसारको शुल्क राखेका छौ । शुरुमा आउनेहरुले शरीरको रक्त चाप ,बोसोको मात्रा शरिरमा,एक पटकको डाइट प्लान आदी को लागि ५०० शुल्क रहेको छ ।


१० . संस्था खोल्ने प्रेरणा कहाँबाट आयो ?


 - हामी नेपालकै पहिलो ब्याच निउट्रिसन एण्ड डाईटिटिक्सको र कलेज शुरु भए सँगै इच्छा थियो संस्था खोल्ने । पढाई गर्दै गर्दा बिपीमा इन्टर्नशिप पनि गरियो । जुन दौरान विभिन्न बिरामी सँग भेट भयो त्यो देखेर हाम्रो आवश्यक्ता अझै रहेछ जस्तो मह्सुस भयो । त्यसपछी पढाई सकिन साथ भुकम्प पनि आयो त्यस पछी निउट्रिसन अफिसरको रुपमा काम गर्न गयौ त्यहा लामो समय सम्म काम गरेउ ।काम गर्दै गर्दा अस्ट्रेलिया जाने इच्छा आएको थियो जसको लागि प्रोसेसिङ पनि गरेउ तर फेरी विचार आयो त्यात्रो चार्ज लाग्दै छ किन हामी यही लागानी न गर्ने भन्ने सोच आयो । नेपालमा काम गर्नका लागि लोक सेवामा डाइटिसियन पदको दर बन्दि न भएकोले देशमै रहेर काम गर्नका लागि न्युट्रिसन काउन्सिलिङग एण्ड रिसर्च प्रा. लिभन्दा अरु विकल्प न भएकोले तीन जना सँगै मिलेर संस्था खोलेका हौ ।
 

 

११. अन्त्यमा स्रोतालाई के भन्न चाहनुहुन्छ ?


 - अन्त्यमा म के भन्न चाहनछु भने हामीले आफ्नो खानपानमा ध्यान दियौ भने हामी स्वस्थ  रहन सक्छौ र खान पानको लागि उचित सल्लाह डाइटिसियनले दिने गर्दछन र हाम्रो कार्यलय सिदार्थ मार्गमा छ आएर आफुहरुलाई केही जान्न मन छ भने आउन सक्नुहुनेछ  ।  हामी तपाईंहरुको सेवामा हर्दम त्तपर छौ ।