२०७५-१०-७

०९:२०

चलचित्र “समर लभ”को ट्रेलर सार्वजनिक

तीनकुने(२०७५-०९-२४) - प्रेमिल जोडिको आधुनिक प्रेम र रोमान्समा आधारित वियोगान्त चर्चित उपन्यास “समर लभ”मा अाधारीत चलचित्रको सोमबार ट्रेलर रिलिज भएको छ । 

 

विशेष गरी युवा पुस्ताले अत्यधिक रुचाएको नेपाली बजार धेरै बिक्रि हुन सफल सुविन भट्टरार्इको उपन्यास “समर लभ”लार्इ चलचित्रमा भने नाइटिङ्गल इन्टरटेन्मेन्टको ब्यानरमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले तयार पारेका हुन् । चलचित्रमा सोपन सरकार र मनोज वीके सह–निर्माताको रुपमा छन् भने विनोद अधिकारी चलचित्रका कार्यकारी निर्माता हुन् ।

 

चलचित्रमा सायाको भूमिकामा नव नायिका रेवती क्षेत्री रहेकी छिन् । यस्तै, चलचित्रमा नव–नायक आशिष पिया, नायिका नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिकको साथमा सुरजसिंह ठकुरीको मुख्य भूमिका देख्न सकिन्छ । चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका छन् ।

 

मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ट्रेलर सार्वजनिक हुनु अधि नै चलचित्रको गीत र टिजर सार्वजनिक भर्इसकेको छ ।

 

चलचित्रको साया बोलको गीतलार्इ निकै रूचाइएको छ ।  उक्त गीतमा पुस्पन प्रधान र बानिका प्रधानले स्वर दिएका छन् भने उक्त गीतलार्इ संगीत पनि पुस्पन प्रधानले नै दिएका छन् ।

 

युट्यूब च्यानल बुढासुब्बा डिजिटलमा सार्वजनिक गरीएको चलचित्रको टिजर र ट्रेलरलार्इ पनि उत्तिकै रूचाइएको छ । धेरै दर्शकमा भएको कौतुहल्तालार्इ केहि हदसम्म सोमबार रिलिज भएको ट्रेलरले मेटाएको छ भने पुरा मेट्नको लागि भने आउँदो माघ २५ गतेसम्म कुर्नुपर्ने भएको छ ।