२०७५-१०-७

०९:१६

खजुम लिम्बु वंश प्रतिस्ठानको सुनसरी अध्यक्षमा कुशल कुरूम्भङ खजुम

फुस्रे(२०७५-०९-२४) - खजुम लिम्बु वंश प्रतिस्ठानको सुनसरी जिल्ला शाखाको अध्यक्षमा कुशल कुरूम्भङ खजुम सर्वसम्मत चयन भएका छन ।

 

उपाध्यक्षमा भिम कुमारी चेम्जोङ खजुम, सचिवमा लक्ष्मण कुरूम्भङ खजुम, सह-सचिवमा निर्मल चोङवाङ, कोषाध्यक्षमा देवराज पारघारी खजुम चयन भएका छन । त्यस्तै सदस्यहरूमा भक्त बहादुर पारघारी खजुम, कल्पना खजुम, पुर्णमाया तबेबुङ खजुम पनि सर्वसहमतिबाट चयन भएका छन ।

 

एउटै थात्थलो वा जन्मस्थान भएता पनि हाल अाएर देश तथा विदेशमा छरिएर रहेका सम्पुर्ण खजुम वन्धुहरू एकशुत्रमा बाधिन, एउटै दाजु भार्इको रूपमा परिचित हुन र खजुमहरूको माैलिक हक, अधिकार, संस्कार सँस्कृति, भाषा, भेषभुषा, पहिरन तथा पहिचानलार्इ जगेर्ण गर्ने उदेश्यले यस खजुम लिम्बु वंश प्रतिस्ठानको जन्म गत वर्ष मात्रै धरान कै हरियाली सामुदायिक सभाहलमा जन्म भएको हो । खजुम समुदाय भित्र (कुरूम्भङ, पारघारी, लेक्वा,वयाङ,चोङवाङ र र्इमेहाङ) गरी छ थरी रहेका छन । यसै प्रतिस्ठान कै मातहातमा रहेर धनकुटा, मोरङ र झापा जिल्लामा यस अघि नै शाखा समिति गठन भर्इ सकेका छन । तेह्रथुम, पाँचथर, इलाम, काठमाण्डाै लगायत विश्वका विभिन्न मुलुकमा समेत क्रमैसँग उपसमिति गठन गर्ने लक्ष्य प्रतिस्ठानको रहेको छ ।  तेह्रथुम छथर गाँउपालिका वडा नं ३ साविक पञ्चकन्या गा.वि.स वडा नं ४ मा अवस्थित यमुर्इ चम्खा सीं यकमा जन्मिएर हाल नेपालका पुर्वी जिल्लाका सबै क्षेत्रमा खजुमहरूको वसोवास रहेको छ भने विश्वका धेरै देशहरूमा थुप्रै संख्यामा खजुम वन्धुहरूको वसोवास रहेको छ ।

 

सुनसरी जिल्ला शाखा गठन कार्यक्रमका प्रमुख अतिथि खजुम वंश प्रतिस्ठानका केन्द्रिय अध्यक्ष केशर पारघारी खजुम रहेका थिए । कार्यक्रमलार्इ सम्बोधन गर्दै इतिहास, भुगोल र पहिचानलार्इ फर्केर हेर्ने हो भने तेह्रथुम र धनकुटाको एउटा चर्चित प्रान्त वा क्षेत्र छथरको नाम छ थरी खजुम कै नामबाट छथर नामांकरण भएको बताएका छन । विशेष अतिथि छथरे समाज धरानका निवर्तमान अध्यक्ष तथा यमुर्इ चम्खा सीं यक निर्माण समितिका संयोजक उमेशचन्द्र पारघारी खजुमले वंश प्रतिस्ठानले खजुमहरूको इतिहास, माैलिक हक, अधिकार र पहिचान खोज अनुसन्धान गर्ने, वंशवली प्रकाशन गर्ने र माङगेना यकलार्इ संरक्षण, सम्बर्दन र प्रचारप्रसार गर्नु पर्नेमा जोड दिएका छन । त्यस्तै अतिथिहरूमा खजुम वंश प्रतिस्ठानका केन्द्रिय सचिव नगेन्द्र पारघारी खजुम, धनकुटा शाखा समितिका अध्यक्ष ज्ञान बहादुर पारघारी खजुम, मोरङका शुक बहादुर वयाङ खजुम, झापा डम्बर पारघारी लगायतका अतिथिहरूले पनि धारणा राखेका थिए । कार्यक्रमको सभापति तांखुवा धनकुटाका पुर्व पधानपञ्च विश्णु पारघारी खजुम रहेका थिए ।