२०७५-१०-७

०९:१६

प्रदेश नम्बर १ का विवाहित महिलाबीचको साैन्दर्य प्रतियोगीता माघबाट शुरु , विजेताले १ लाख पाउने

तीनकुने(२०७५-०९-२४) - प्रदेश नम्बर १ का विवाहित महिलाहरुको क्षमतालाई प्रदर्शन र अभिवृद्धि गराउनका लागि गत वर्षबाट सुरू भएको मिसेस स्टेट नम्बर १ को दोस्रो सिजन माघबाट शुरु हुने भएको छ ।

 

धरानको वुमन वोर्थ ग्रुप(Women Worth Group) इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मिसेस स्टेट नम्बर १, २०१९ सिजन २ अडिसन माघ १९ गते धरान ९ पुतलीलाइनमा रहेको हाङकुक साराङ्ग कोरियन रेस्टुरेन्टमा विहान १० बजेबाट सुरू हुने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

 

ग्रुपकी अध्यक्ष सुजता श्रेष्ठको अनुसार प्रदेश नक्बर १ का विवाहित महिलाहरूले उक्त प्रतियोगितामा अाफुमा भएको क्षमता अभिवृद्धि गर्नका लागी कार्यक्रमको ग्रान्ड फिनालिभन्दा १ महिना अगाडिदेखि नै विभिन्न विषयमा तालिम समेत प्राप्त गर्नेछन् ।
 

 

तालिम अन्तर्गत संविधानमा महिलाको अधिकार, महिला सशक्तिकरण, लैङ्गिक समानता, महिला उद्यमशिलता, महिला न्यायिक अधिकार, सकरात्मक सोचार्इ अभिवृद्धि, संकृती र पहिचानको जानकारी, महिला स्वास्थ्य समस्या र समाधानको सचेतना, प्राथमिक उपचार, उद्घोषण तथा भाषणकला, आधारभुत पत्रकारीता तथा फोटोग्राफि, टेवल सिस्टाचार, आत्मरक्षा, विजनेस, पर्यटन प्रवर्दन, अर्गानिक कृषि, मेकअप, र्यामवर्क तथा क्याटवक, फोटो सेसन लगायतका विषयमा जानकारी गरार्इने बतार्इएको छ । प्रतियोगीहरूलार्इ माघ २८ गतेबाट धरान स्थित रहेको धरान फिटनेस क्लबमा तालिम तथा प्रशिक्षण दिर्इनेछ ।

 

प्रदेश नम्बर १ भरीका विभिन्न स्थानमा फारम पठाइने छ । धरान बाहिर फारम पठाइएको स्थानमा १० जनाभन्दा बढी भएमा उक्च स्थानमा पुगेर अडिसन लिइने बताइएको छ तर १० जनाभन्दा कम भएमा उनीहरुले धरानबाट नै अडिसन दिनुपर्ने भएको छ । सम्पुर्ण अडिसन पश्चात छनोट भएका प्रतियोगी र अभिभावक विच हुने असमझदारीलार्इ हटाउनका लागी माघ २६ गतेका दिन विहान ११ बजे अन्तर्क्रिया कार्यक्रम हुने समेत जानकारी गरार्इएको छ ।

 

प्रतियोगीताको ग्राण्ड फिनालि भने फाल्गुन २४ गते धरान ८ स्थित रहेको धरान सभागृह हलमा दिउसो ४ बजेबाट हुनेछ । प्रतियोगीतामा सहभागीता जनाउनका लागी विवाहित महिलाको उमेर २१ वर्षदेखि माथिको हुनु पर्नेछ । साथै कम्तिमा पनि ५ फिट उचार्इ र शैक्षिक योग्यताको आधारमा कम्तिमा पनि १० कक्षा उत्तीर्ण हुनुपर्नेछ ।

 

प्रतियोगीताको मुख्य विजेताले नगद रू.१ लाख सहित क्राउन, ट्रफि र गीफ्ट ह्याम्पर प्राप्त गर्नेछ । साथै पहिलो उपविजेताले नगद रू.५० हजार सहित क्राउन, ट्रफि र गीफ्ट ह्याम्पर प्राप्त गर्नेछ भने दोस्रो उपविजेताले नगद रू.२५ हजार सहित क्राउन, ट्रफि र गीफ्ट ह्याम्पर प्राप्त गर्नेछ। साथै टार्इटल पुरस्कार तर्फ मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्यूटिफुल, मिसेस फेन्डशिप, मिसेस बेस्ट वक, मिसेस स्मार्इल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन र मिसेस एक्टिभले पनि ट्रफि र गीफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

 

प्रतियोगीतामा सहभागी हुनका लागी ३ सय शुल्क लाग्ने र अडिसनमा छनोट भर्इ प्रतिस्पर्धामा सहभागी हुन १५ हजार लाग्ने समेत जानकारी गरार्इएको छ ।