२०७५-१०-७

०९:१६

नेपाल मगर विद्यार्थी संघको सुनसरी जिल्ला समितिमा कमल

तीनकुने(२०७५-०९-२५०) - नेपाल मगर विद्यार्थी संघको सुनसरी जिल्ला समितिमा कमल मगर चयन भएका छन् । कमलको अध्यक्षतामा ११ सदस्य समिति मंगलबार गठन भएको हो ।

 

त्यसैगरी इकाइ समिति अन्तर्गत केन्द्रिय प्रविधि क्याम्पस हात्तीसारको इकाई अध्यक्षमा निसान मगर चयन भएका छन् । पूर्वाञ्चल क्याम्पस धरानकाे इकाइ अध्यक्षमा करन थापा मगर चयन भएका छन् भने महेन्द्र बहुमुखी क्यामपसको इकाई अध्यक्षमा बुद्धशिला मगर चयन भएकी छन् ।

 

धरान १६ मा रहेको मगर संघको भवनमा एक कार्यक्रमको आयोजना गरी मंगलबार नेपाल मगर विद्यार्थी सङ्घको जिल्ला समिति पुनः गठन गरीएको हो । उक्त समयमा नै इकाइ समितिको पनि गठन भएको हो ।

 

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सचिव सुमना मगर नेपाल मगर संघ धरान नगरसमितिका अध्यक्ष चित्रराज थापामगर, मगर विद्यार्थी संघका केन्द्रीय सदस्य तथा कोशी अञ्चल अध्यक्ष युनेश थापा मगर लगायतको उपस्थिति रहेको थियो ।