२०७५-१०-७

१०:४३

पुर्वान्चल क्याम्पस धरानमा मानसिक स्वास्थ्य संग सम्बन्धित जनचेतना मुलक कार्यक्रम सम्पन्न

तीनकुने(२०७५-०९-२५) - पुर्वान्चल क्याम्पस धरानमा मानसिक स्वास्थ्य संग सम्बन्धित जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । पुर्वान्चल क्याम्पसमा चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीहरु सुमित अर्याल, जोरस दाहाल,अच्युत न्यौपाने, रितेश खड्काको साथमा तेस्रो वर्षका निर्देश कार्की मिलेर उक्त कार्यक्रमको आयोजना गरेका थिए ।

 

उक्त कार्य्रक्रमलाइ स्वतन्त्र विद्यार्थी युनियन पुर्वान्चल क्याम्पस तथा एसेस पुर्वान्चल क्याम्पसले पनि सहयोग गरेको थियो । कार्यक्रम सिभिल विभागमा चौथो वर्षमा अध्ययन गर्ने सुमित अर्यालको अध्यक्ष्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख आतिथिमा बिपी प्रतिष्ठानका मानसिक रोग बिभागका प्रमुख प्राध्यापक डाक्टर बैकुण्ठराज अधिकारी रहेका थिए । डा. अधिकारीले अहिले समाजमा व्याप्त मानसिक रोग संग सम्बन्धित समस्याहरुका बारेमा जानकारी गराइएको र त्यसबाट बच्ने उपायहरूको पनि जानकारी गराएका थिए ।

 

उक्त कार्यक्रमा मोटीभेसनल सेसन, अनुभव आदानप्रदान, प्रमुख अतिथि संगको प्रतक्ष्य अन्तरक्रिया समेत गरीएको थियो । निर्देश कार्कीले सञ्चालन गरेको कार्इक्रममा डा सुरेन लिम्बुले विशेष अतिथिको आशन ग्रहण गरेका थिए । अतिथिहरुमा स्वतन्त्र विद्यार्थी युनियन पुर्वान्चल क्याम्पसका सहसचिब युकेश गौतम, त्रिवि प्राध्यापक संघका पदाधिकारीहरु, बिभिन्न विभागका अध्यापकहरु, क्याम्पसका कर्मचारी एवं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।