२०७५-१०-७

०९:१६

राष्ट्रिय पर्वको बिदा कटौती गरी जनजातिहरूमा सरकारले अन्याय गरेको अारोप, बिदा नदिए अान्दोलनमा जाने

तीनकुने(२०७५-०९-२५) - मगर जातिको महान चाड सार ल्हसलार्इ धरान उपमहानगरपालिकाद्वारा पुनः स्थापना गराउन धरानमा अायोजित अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका विभिन्न जातिय संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका सम्पुर्ण प्रतिनिधिहरू उक्त दिन बिदा हुनुपर्नेमा एक मत भएका छन् ।

 

नेपाल मगर संघ धरान नगरसमितिको आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धरानका अध्यक्ष सुबास हुक्पाचोङ्बाङ लिम्बुले यो भन्दा पहिले पनि बिदा पाईसकेको साथमा राष्ट्रिय पर्व घोषणा भैइसकेको पर्वलार्इ पछि कटौती गर्नु जनजातिहरूमा सरकारले अन्याय गरेको बताएका छन् । उनले यो भन्दा अघि जे जस्तो भएपनि अब बाकी रहेका चाडपर्वमा बिदा नगरिएमा आन्दोलनको विकल्प नभएको अध्यक्ष सुबासले बताए । “केन्द्र र प्रदेस सरकारले शुभकामना बक्तब्य निकालिरहँदा समेत स्थानिय सरकार धरान उपमहानगरपालिकाले जनजातिलार्इ कुनै वास्ता नै गरेको छैन ।” उनले भने । उनले अाफ्नो कार्यक्षेत्र भन्दा बाहिर रहेको हिन्दु धर्मावलम्बिसंग सम्बन्धित विभिन्न अनावश्यक बिदा दिइरहेको धरान उपमहानगरपालिकाले स्थानिय बासि जनजातिलार्इ भने १ दिन विदा नदिएको आरोप लगाएका छन् ।

 

कार्यक्रमका सभाध्यक्ष समेत रहेका नेपाल मगर संघ धरान नगरसमितिका अध्यक्ष चित्रराज थापामगरले वि.सं.२०६२/६३ सालमा तात्कालिन मन्त्रीपरिषदले दिएको बिदा वर्तमान सरकारले विकास र समृद्धिको लागि काम गर्ने बहानामा कटौती गरेर मगर लगायत आदिवासी जनजातिहरूलाई अन्याय गरेको बताएका छन् ।

 

नेपाल मगर संघका केन्द्रिय सदस्य शारदा थापामगरले संघले आगामी पुस ३० र माघ १ गते काठमाडौमा माघे संक्रान्ती नै मगर समुदायको पर्व हो । उक्त दिन बिदा भन्दै सम्बोधनको लागि दुईदिने सांस्कृतिक आन्दोलन कार्यक्रम हुने बताएकी छन् ।

 

साविक माओवादीका प्रतिनिधि साबित्रा चौलागाईंले सर्वप्रथम त अादिवासि जनजातिले नै एक अर्काको चाडपर्वलार्इ सम्मान गर्नुपर्ने बताएकी छन् । आफु छेत्रीब्राम्हण समुदायको भए पनि आदिवासि जनजातिको दशैको पुरानो पर्वमा बिदा दिनुपर्ने धारणा रहेको बताइन् । आफ्नो पार्टी र व्यक्तिगल तर्फबाट कार्यवाहक नगरप्रमुख मन्जु भण्डारीसंग विदा दिनुपर्ने कुरा राख्ने बताएकी छन् ।

 

नेपाली काङ्ग्रेसका जिल्ला सचिब सुजेन्द्र गोले तामाङले नेपाल एउटा मात्र नभएर अनेकाै जातजातिको बसोबास भएको राष्ट्र भएकोले सामाजिक तथा प्राकृतिक न्यायको सिद्धान्त बिपरित बिदा कटौती भएको बताएका छन् ।


कार्यक्रममा सहभागी जनाएका संघीय समाजवादी फोरम,रास्ट्रीय जनमुक्ति पार्टी,खम्बुवान साझा पार्टी, आदिवासी जनजाति नगर महिला महासंघका अध्यक्ष चन्द्रकला प्रधान,संघीय समाजवादी फोरमका कार्यवाहक नगर अध्यक्ष बिना राई,नेवा देय दबु धरानका अध्यक्ष मनोहर शाक्य लगायतले मगर समुदाय लगायत आदिवासी जनजातिको चाडपर्वमा सार्वजनिक बिदा  हुनुपर्ने माग गरेका छन् ।