२०७५-१०-७

०९:२९

धरानमा आरम्भद्वारा “यातनाको अन्त्य” मञ्चन

तीनकुने(२०७५-०९-२६) - धरानमा “यातनाको अन्त्य” बुधबार मञ्चन भएको छ । वि.सं. २०३६ सालको जनक्रान्तिको आन्दोलनमा जनकपुरको धनुसाको जदुकुवा भन्ने ठाउँमा भएको हत्याकाण्डको वास्तविक घटनामा अाधारीत रहेको थियो ।

 

उक्त नाटकमा जनविरोधि र जनहत्याराहरूलार्इ जतिसुकै मारेपनि त्यस्ता जनविरोधिहरूमा डर भने सदैव रहिरहने जसले गर्दा अन्त्यमा त्यस्ता यातनाको अन्त्य हुन्छ भन्ने दृष्य देखिएको थियो ।

 

धनुसाको जदुकुवामा २ जना कुशेश्वर र कामेश्वर भन्ने क्रान्तिकारी सहित एक महिला मारिएका थिए । त्यहि हत्या काण्डमा सामेल भएका राज्य पक्षका डिएसपीको भूमिकामा शान्तिराम राई रहेका थिए । उनलार्इ त्यो जदुकुवाको हत्याकाण्डले मानसिक यातना दिएको कारणले हरेक समयमा डर पैदा हुने हुन्छ । त्यहि डरले अन्त्यमा उनले अात्महत्या गर्छन् । यसरी नै अन्त्यमा यातनाको अन्त्य हुन्छ । उनकि श्रीमति शारदाको भुमिकामा नव रङ्गकर्मी शारदा श्रेष्ठ उनको नोकर रामेको भूमिमा कमानसिंह याम्फु र क्रान्तिकारीको भूमिकामा प्रेम नेपालीले गरेका थिए ।

 

जम्मा ४ जना मात्र रहेको उक्त लघु नाटकले सम्पुर्ण दर्शकको ध्यान अाकर्षित गरेको थियो । पत्रकार एवं आरम्भका अध्यक्ष गोपाल देवानले लेखेको उक्त नाटकको निर्देशन पत्रकार तथा रङ्गकर्मी प्रविण रार्इले गरेका थिए भने सह-निर्देशन मापन गुरूङले गरेकी थिइन् ।

 

आरम्भका अध्यक्ष देवानका अनुसार लघु नाटक भनेको थोरै घेरामा धेरै अाकर्षण दिने नाटकलार्इ बुझाउछ । जसलार्इ “यातनाको अन्त्य”ले पुरा गरेको छ ।

 

पत्रकार गजमेर सम्मानित

धरानमा रहेर मकालु तथा जनता टेलिभिजनमा कार्यरत पत्रकार दिनेश गजमेर प्रश्नाभक्त रंग पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । आरम्भ नाट्य डबलीको ३० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनी सम्मानित भएका हुन् । सम्मानित हुदै उनले ११ हजार १ सय १ रूपैयाँ र सम्मानपत्र प्राप्त गरेका छन् । उनि नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव हुन् ।

उनलार्इ प्रमुख अतिथि प्राध्यापक डा. टङ्क न्यौपाने, विशेष अतिथि प्राध्यापक डा. भोलानाथ पोख्रेल, आरम्भका अध्यक्ष देवानलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

आरम्भका महासचिव सचिन क्षेत्रीले आफ्नो आमा बुबाको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राध्यापक डा. न्यौपानेले धरान रङ्गमञ्चको क्षेत्रमा अन्य क्षैत्रभन्दा निकै अगाडि रहेपनि रङ्गकर्म प्रस्तुत गर्ने थिएटर नहुँदा समस्या भएको बताएका छन् । उनले थिएटर हल बनाउन प्रदेश र केन्द्रिय सरकारसँग पनि पहल गर्ने बाचा गरेका छन् । उनले भने,“मैले मात्र पहल गरेर हुदैन तपार्इहरूले पनि सम्बन्तधित व्यक्तिलार्इ ध्यानाकर्षण गर्न सक्नुपर्दछ ।”

कार्यक्रममा आरम्भ नाट्य डबली रतुवामाईका सदस्यहरु, साहित्यकार, विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, रङ्गकर्मीहरूको उपस्थिति थियो ।