२०७५-१०-७

१०:०३

धरानको १३ नम्बर वडामा २८ निःशुल्क स्त्री रोग सम्बन्धी एक दिने स्वास्थ्य शिविर हुने

तीनकुने(२०७५-०९-२६) - धरान १३ मा रहेको जानकी सामुदायिक टोल सुधार समितिको अायोजनामा यहि २८ गते शनिबारका दिन स्त्री रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

समाजमा आर्थिक अवस्था कमजोर भएका, स्वास्थ्य बीमा गर्न नसकेका, विपन्न वर्गका गरिब दुखिहरुको तथा रोग लुकाएर बसेका र अन्य महिलाहरुलार्इ लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको अायोजना गरीएको समितिका अध्यक्ष दिलिप श्रेष्ठले बताएका छन् ।

जानकी टोल सुधार समितीका सदस्यहरु तथा धरान वडा नम्बर १३ बासिन्दाहरुलाई लक्षित गरेर आयोजना गरीएको उक्त शिविरबाट करिब ३ सय जनाले प्रत्यक्ष लाभ लिने किहिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

स्वास्थ्य शरिर भएमात्र स्वस्थ्य समाज निर्माण हुन्छ भन्ने अभिप्रायले गत तिहारमा देउसी भैलो खेलेको उठेको रकम, धरान उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयको संयोजन र बीपी प्रतिष्ठानसंगको सहकार्यमा गरिने जानकारी दिएको छ ।

शिविर शनिबार बिहान ८ बजेदेखि वडा नम्बर १३ को वडा कार्यालय परिसरमा हुने बताइएको छ । कार्यक्रमको उद्घाटन १३ नम्बर वडाका स्थानीयवासी समेत रहेका प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख अातिथ्यतामा हुने बताइएको छ । उक्त शिविरमा बीपी प्रतिष्ठानका ४ जना स्त्रीरोग विशेषज्ञ र अन्य सहयोगीहरूले सहजीकरण गर्नेछन् ।

“सामुहिक एकता नै हाम्रो प्रतिबद्धता”  भन्ने मुल नाराकासाथ वि.सं. २०७१ साल जेठ १२ गते समिति गठन गर्ने निर्णय भएअनुसार दिलिप कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्य जानकी सामुदायिक टोल सुधार समिति गठन गरिएको थियो ।

समितिमा हालसम्म आजीवन सदस्य ३० जना साधारण सदस्य १ सय गरी जम्मा १ सय ३० जना आवद्ध रहेका छन्। समिति गठन भएपछि सर्वप्रथम जानकी चोकमा जानकी माताको स्तम्भ सहितको त्रीमुर्ती स्थापना गरिएको छ । उक्त त्रीमुर्ती टोल सुधार समितिको आफ्नै लगानीमा करिब रु तीन लाखको लागतमा बनाइएको हो । 

चोकमा सार्इरन  र सोलार सेटको बत्ती जडान गरिएको छ । सार्इरनले टोलमा आपतविपत आइपरेमा जानकारी गराउने गर्दछ । उक्त समितिले प्रत्येक शनिबार आफ्नो टोल सरसफाई गर्ने र बुधबार धरान उपमहानगरपालिकाको फोहोरमैला संकलन गर्ने गाडी आएपछि मात्र सडकमा विस्थापित गर्ने व्यवस्था मिलाएको छ ।