२०७५-१०-७

०९:२३

गोधुली फुटबल रनिङ कपको साताै दिनको खेलमा वडा नं. १४ विजयी

धरान (२०७५-०९-२६) – धरानमा जारी “१९ औ रेडबुल गोधुली फुटबल रनिङ कप २०७५” अर्न्तगत बिहिबार भएको खेलमा वडा नं. १४ ले वडा नं. १ लाइ ० का विरूद्ध ३ गोल गरी पराजित गरेको छ ।

       आजको खेलको पहिलो हाफको २५ औ र ३६ औ मिनेटमा १४ का खेलाडी अविनास तामाङले गोल गर्दै दुइ गोलको अग्रता दिलाएका थिए । खेलमा दोश्रो हाफको ६४ औ मिनेटमा १४ का अर्का खेलाडी वर्षात तामाङले १ गोल थप्दै ३ गोलको अन्तर बनाएका थिए ।

      यता पुरै खेल अवधिमा वडा नं. १ बाट कुनै पनि गोल हुन सकेन ।  ४०-४० मिनेटमा खेलाइएको खेलमा पराजय संगै वडा नं. १ खेलबाट बाहिरेको छ । खेलको म्यान अफ द म्याच १४ का अविनास तामाङ घोषित भए ।

       प्रतियोगिता अर्न्तरगत शुक्रबार वडा नं. १७ र वडा नं. २० बिच दिउँसो २ः३० बजेबाट खेल हुने भएको छ । पहिलो चरणको यो अन्तिम खेलमा १७ ले यस अघि ९ लाइ पराजित गरी बाइमा रहेको २० संग भिड्ने भएको हो ।