२०७५-१०-७

०९:१८

धरानमा पाचौँ माघे संक्रान्ति साङ्गीतिक कार्यक्रम हुने

फुस्रे(२०७५-०९-२७) - धरानमा पाचौँ माघे संक्रान्ति साङ्गीतिक कार्यक्रम हुने भएको छ । माघे संक्रान्तिको अवसरमा इस्टर्न युथ क्लवको आयोजनामा यहि माघ १ गते कार्यक्रम हुने बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

 

धरान १५ मा रहेको इजि राइडर्सको प्राङ्गणमा हुने कार्यक्रमको प्रमुख आकर्षणको रूपमा अहिलेका युवाहरु माझ बहुचर्चित गायक सुशान्त केसी रहेका छन् । अन्य कलाकारमा पोखराबाट डिजे सिजल, धरानकी डिजे जेन र धरानकै स्थानिय “दि जुन ब्याण्ड”को प्रस्तुति रहने छ । कार्यक्रमको उद्घोषीका मिस नेपाल आईडल २०१८ की विजेता मेरीना तुम्सा लिम्बु रहने छिन ।

 

समाजमा मौलाउँदै गएको विकृति विसंगतिहरूलाई चिर्दै युवा वर्गमा सहनशिलता, अनुसाशन र कर्तव्यको पालना गराई समाज परिवर्तनमा युवाको अहम भुमिका निभाउन प्रेरित गर्ने उदेश्यले कार्यक्रम गर्ने गरीएको कार्यक्रम सम्योजक अविन लिम्बुले जानकारी दिएका छन ।

 

अघिल्लो वर्षझैं यसपटक पनि “फोहरमैला रहित धरान” भन्ने मुल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिने पत्रकार सम्मेलनमा बताइएको छ । अघिल्लो वर्ष जस्तै यो वर्ष पनि सकेसम्म हरेक वडाहरुमा डस्टविन पुर्याउने कोसिस रहने कार्यक्रम सम्योजक लिम्बुले बताएका छन् । सो कार्यक्रमको प्रवेश शुल्क ५ सय र १ हजार रूपैयाँ तोकिएको छ ।

 

विगतका कार्यक्रमवाट संकलित रकमले गरीव तथा जेहन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै आएकोमा गत वर्षबाट डस्टविन वितरण कार्यको सुरूवात गरेको थियो । गत वर्ष जम्मा ५८ वटा व्यवस्थित डस्टविन वितरण गरेको थियो ।