२०७५-१०-७

१०:२७

गोधुली फुटबल रनिङ कपको आठाै दिनको खेलमा वडा नं. १७ विजयी, भोलीबाट क्वाटरफार्इनलका खेल सुरू हुने

धरान (२०७५-०९-२७) – धरानमा जारी “१९ औँ रेडबुल गोधुली फुटबल रनिङ कप २०७५” अर्न्तगत शुक्रबार भएको खेलमा आयोजक टिम वडा नं. १७ ले वडा नं. २० लार्इ ० का विरूद्ध ६ गोल गर्दै फराकिलो जित हात पारेको छ ।

       १७ को लागी खेलको पहिलो हाफको १९ औ मिनेटमा जोसन रार्इले पहिलो गोल गरी अग्रता दिलाएका थिए । यस पछी दोश्रो हाफको ४२ औँ मिनेटमा १७ का खेलाडी रविन रार्इले दोश्रो गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए । दोश्रो हाफकै ५२ औ मिनेटमा पेनाल्टी मार्फत मिलन रार्इले तेश्रो गोल गरेका थिए । उनले नै ७७ औ मिनेटमा अर्को गोल गरेका थिए । खेलमा ६ गोलको अन्तरका लागी दोश्रो हाफको ५८ औ मिनेटमा तपन कार्की र ७९ औ मिनेटमा संजय रार्इले गोल गरेका थिए ।

       ४० - ४० मिनेटमा खेलाइएको खेलमा वडा नं. २० बाट कुनै पनि गोल हुन सकेन । पराजय संगै वडा नं. २० खेलबाट बाहिरेको छ । खेलको म्यान अफ द म्याच १७ का खेलाडी साैजन रार्इ घोषित भए ।

       प्रतियोगिता अर्न्तरगत शनिबारको पहिलो क्वाटर फार्इनल खेल वडा नं. ११ र वडा नं. १९ बिच दिउँसो २:३० बजेबाट हुने भएको छ ।