२०७५-११-५

०७:४९

पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा प्रतियोगितात्मक इन्जिनियरिङ प्रदर्शनी “प्रयोग” हुदै

तीनकुने(२०७५-१०-२३) प्राविधिक विद्यार्थी संगठन नेपाल(TSAN) पुर्वाञ्चल क्याम्पस, धरानकाे आयोजनामा यहि माघ २८ र २९ गते “प्रयोग” नामक प्रतियोगितात्मक इन्जिनियरिङ प्रदर्शनी हुने भएको छ ।

 

“नयाँ विचार, नयाँ सोच” भन्ने नाराको साथ आयोजना हुन लागेको उक्त कार्यक्रमले इन्जिनियरिङ गरिरहेका विद्यार्थीहरुले पढेका कुरालाई व्यवहारमा उतार्न र प्रदर्शन गर्नको लागि मद्दत पुर्याउने उद्देश्य लिएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

 

उक्त प्रदर्शनीबाट विभिन्न कलेज तथा स्कुलमा अध्ययन गरिरहेका विद्यार्थीहरुले तयार पारेको सामग्री प्रदर्शनीमा राखिनुका साथै उक्त सामग्रीबिच प्रतिष्पर्धा गरार्इने कार्यक्रम संयोजक प्रतिक श्रेष्ठले बताएका छन् ।

 

विद्यार्थीले पढेका कुरालाई प्रयोगात्मक रुपमा प्रयोग गर्न पाउने भएकाले यस प्रदर्शनिले विद्यार्थीहरूको प्रयोगात्मक क्षमताको विकास गर्नमा सहयोग पुग्ने बतार्इएको छ ।

 

जम्मा ३ लाख ७१ हजार रुपैयाँ खर्च अनुमान गरीएको उक्त कार्यक्रममा विद्यार्थीहरूले भविश्यमा समाजमा अार्इपर्ने विभिन्न समस्याहरूको समाधान गर्नका लागि केन्द्रित रहेर प्रोजेक्ट देखाउने आयोजक समितिका सदस्य अच्युत न्यौपानेले बताएका छन् ।

 

उक्त प्रदर्शनीमा अार्किटेक्चर संकायद्वारा स्मार्ट मोडल घर, विभिन्न घर तथा ठाउँको मोडल प्रदर्शनीमा राखिनेछ । कृषि इन्जिनियरिङ संकायद्वारा धान काट्ने, धान रोप्ने मेसिन, मकै छोडाउने मेसिन, बदाम छोडाउने मेसिन, अदुवा पखाल्ने मेसिन, फल टिप्न प्रयोगहुने कृषि रोबटको प्रदर्शनी गरिनेछ । सिभिल इन्जिनियरिङका तर्फबाट स्मार्ट सिटी मोडल प्रदर्शन, पेपर ब्रिजको प्रदर्शन, घरहरूको मोडल प्रदर्शन गरीनेछ । इलेक्ट्रिकल, कम्प्युटर र र्इलेक्ट्रोनिक इन्जिनियरिङ संकायद्वारा विविध नयाँ प्रविधिहरु को पदर्शन गरीनेछ । मेकानिकल इन्जिनियरिङबाट गोकार्ट, पल्सजेट र्इन्जिन, ग्याभिटिसन भर्टेक्स मोडलको प्रदर्शनि रहनेछ ।

 

साथमा रोबोवार, रोबोरेस, पेपर ब्रिज कम्पिटिसन समेत हुनेछ । रोबोवारमा विद्यार्थीहरुले बनाएका रोबटलाई एकअापसमा जुधार्इनेछ । जुन रोबट धेरै समयसम्म टिक्न सक्दछ उक्त रोबटलाई विजेता घोषणा गरिनेछ । रोबोवारमा विजेता हुनेले २० हजार रूपैयाँ प्राप्त गर्ने बतार्इएको छ ।

 

रोबोरेसमा भने रोबटको लागि बाटो बनाइन्छ जुन रोबटले सबै भन्दा चाडो उक्त बाटो पार गर्न सक्दछ उक्त रोबटलाई विजेता घोषणा गरिनेछ । रोबोरेसमा विजेता हुनेले १० हजार रूपैयाँ प्राप्त गर्नेछ । पेपर ब्रिज कम्पिटिसनमा भने सिभसल इन्जिनियरिङ संकायलाई विशेष प्राथमिकता दिँदै पेपर र स्टिकबाट ब्रिज बनाउन दिइनेछ जसमा जुन ब्रिजले सबैभन्दा धेरै भार उठाउन सक्दछ उक्त ब्रिजलार्इ विजेता घोषणा गरिनेछ । पेपर ब्रिज कम्पिटिसनको विजेतालाई आकर्षक पुरस्कारहरु राखिएको छ ।