२०७५-११-५

०७:५०

२१ औं बुढासुव्वा रेडबुल गोल्डकपको सम्पुर्ण तयारी पुरा, मेची नेत्रालय र संकटाले उद्घाटन खेल खेल्ने

तीनकुने(२०७५-१०-२४) - शनिवारबाट सुरू हुने २१ औँ बुढासुव्वा रेडबुल गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको छ । माघ २६ गते  देखि फाल्गुन ४ गतेसम्म धरान १६ स्थित धरान रंगशालामा सञ्चालन हुने पतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बिहिबार रंगशालामा पत्रकार सम्मेलन गरी आयोजक धरान फुटबल क्लवले जानकारी गराराएको छ ।


वि.सं. २०५५ साल देखि निरन्तर रूपमा सञ्चालन हुदै आएको गोल्डकपमा यसवर्ष दुई विदेशी टिम डल्फिन्स क्यामरुन र कलकत्ताको डल्हाउजी एथलेटिक  सहित आयोजक धरान फुटबल क्लब, पोखराबाट सहारा क्लब, विभागिय टिममा नेपाल पुलिस क्लब, मनाङ मर्स्याङदी क्लब, मेचि नेत्रालय झापा र संकटा क्लब काठमाण्डाैँको सहभागिता रहेको छ ।

 

उद्रघाटन खेल मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र संकटा क्लब काठमाण्डाैँबीच हुनेछ । उद्घाटन कार्यक्रमलार्इ सम्वोधन गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब विष्ट प्रमुख अतिथि रहने क्लवका अध्यक्ष किशोर रार्इले बताएका छन ।

 

२१ औँ संस्करणका विजेता टिमले रनिङ ट्रफि सहित नगद रु. ८ लाख र उपविजेताले रु. ४ लाख पुरस्कार पाउनेछन । गत संस्करणमा विजेतालार्इ ६ लाख र उपविजेतालार्इ ३ लाख नगद पुरस्कार प्रदान गरीएको थियो ।

 

अन्य व्यक्तिगत पुरस्कारहरूमा सर्वाधिक गोलकर्तालाई ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही २५/२५ हजारकै दरले नगद राशीले पुरस्कृत गरीने भएको छ । यसका साथै प्रत्येक खेलको म्यान अफ द म्याचलार्इ जनहि १५ हजार रूपैयाँ प्रदान गरीनेछ । साथमा धरानका उदयमान खेलाडिलार्इ नगद १५ हजार रूपैयाँ प्रदान गरीनेछ ।

 

साथमा देव ट्रेडर्स धरान र होण्डाको प्रायोजनमा उत्कृष्ट खेलाडीलार्इ होण्डा १ सय १० सिसिको डियो स्कुटर प्रदान गरीने छ । जसको बजार मुल्य १ लाख ९५ हजार ९ सय रहेको देव ट्रेडर्सका सञ्चालक देव कुवरले बताएका छन् । यस वर्ष भाग्यसालि दर्शकलार्इ होण्डा १ सय १० सिसिको नाभि मोटरसार्इकल प्रदान गरीने बतार्इएको छ । उक्त मोटरसार्इकलमा बार्इक र स्कुरको दुबैको क्याटगरी मानिन्छ । जसको बजार मुल्य १ लाख ५९ हजार रहेको कुवरले बताएका छन् ।

 

गत बर्षको भन्दा टिकट दर १० रुपैयाले बृद्धि भएको छ । गत बर्ष क्वार्टर, सेमी र फाइनलको टिकदर क्रमशः १००, २०० र ३०० रुपैया थियो भने यो वर्ष १० रुपैयाँ बढेर क्वार्टरफाइनलको ११०, सेमीफाइनलको २१० र फाइनलको ३१० तय गरीएको छ ।