२०७५-११-५

०७:३९

केन्द्रिय प्रविधि क्याम्पसमा फुटबल, शिक्षक र फिजिक्स ए फार्इनलमा भिड्ने

फुस्रे (२०७५-१०-२४) - धरान १४ स्थित केन्द्रिय प्रविधि क्याम्पसको खेल मैदानमा भइरहेको इन्टर फेकल्टी फुटबल टुर्नामेन्ट प्रतियोगिता अर्न्तगत बुधबार भएको पहिलो सेमिफाइनल खेलबाट शिक्षकको टिम र दोश्रो सेमिफाइनल खेलबाट फिजिक्स ए टिम विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ । 

       क्याम्पसका शिक्षकको टिम र निउट्रिसन ए समुहका विद्यार्थी बिच भएको पहिलो सेमिफाइनल खेलमा निउट्रीसन ए टिमलार्इ शिक्षकको टिमले १-२ गोलको अन्तरले पराजित गरेको थियो । खेल सुरु भएको केही समयमै निउट्रिसन ए को विद्यार्थी आशिष श्रेष्ठले पहिलो गोल गरेर टिमलार्इ अग्रता दिलाएका थिए । तर त्यो अग्रता अन्यसम्म रहन सकेत । खेलमा शिक्षकको टिमका तर्फबाट सुरज रार्इले २ गोल गर्दै नतिजा उल्टाएका थिए । उनले दुबै गोल पेनाल्टी मार्फत गरेका थिए । उनी खेलको म्यान ओफ दि म्याच समेत घोषित भए ।

       त्यसैगरी फिजिक्स ए समुह र बिटेक ए समुहका विद्यार्थी बिच भएको दोस्रो खेलमा फिजिक्स ए टिमबाट बिटेक ए टिमले १-३ गोलको अन्तरले हार बेहोरेको छ । बिटेक ए बाट समिट कार्कीले १ गोल गरेका थिए । फिजिक्सको तर्फबाट मिलन बस्नेतले दुई गोल गरेका थिए । खेलमा बिटेकका विद्यार्थी सुजन डङोलले लगाएको आत्म्घाति गोलले फिजिक्स २ ले अग्रता लिदै फार्इनलमा पुगेको हो । दोश्रो  खेलको म्यान ओफ दि म्याच बस्नेत भए ।  म्यान अफ द म्याच दुवैले  ट्रफी प्राप्त गरे ।

       नेविसंघ केन्द्रिय प्रविधी क्याम्पस इकाई कमेटिले आयोजन गरेको प्रतियोगीताको फाइनलमा शिक्षक र फिजिक्स ए टिम बिच शुक्रबार दिउसो २:३० मा खेल हुने भएको छ ।