२०७५-११-५

०७:००

किन दिइयो श्रेयालाई कोरियन वन १६ लाख १० हजार नगद ? सांगितिक अाकाशमा चम्कदैँ श्रेया ।

धरान (२०७५-१०-२४) - धनकुटा सेवा समाज, दक्षिण कोरिया द्वारा नवगायिका श्रेया रार्इलार्इ भव्य रूपमा सम्मान तथा बिदार्इ गरिएको छ। दक्षिण कोरियाको ओन्यङ ओछन नमस्ते रेष्टुरेन्टमा ‘भेटघाट, कोरियन नव वर्षको शुभकामना अदान प्रदान, सम्मान तथा विदार्इ कार्यक्रम ‘ को अायोजना गरीएको थियो । धनकुटेली चेली श्रेयालाई सम्मान-पत्र र कोरियन वन १६ लाख १० हजार नगदले सम्मान तथा विदार्इ गरिएको हो ।

       सम्मान तथा विदार्इ कार्यक्रममा उनले तिमीले बाटो फेरेउ अरे, चाैँबन्दीमा पटुकी, ए कान्छा मलार्इ सुनको तारा जस्ता गितहरू प्रस्तुत गरी सबैको मन जितेकी थिर्इन । त्यसतै गायक, संगितकार तथा रचनाकार कृष्ण कुमार रार्इ र गायक पुष्प रार्इले पनि अाफ्नो प्रस्तुती पस्केर उपस्थित दर्शकहरूलार्इ संगितको मिठो स्वाद चखाएका थिए ।

       उक्त कार्यक्रममा ‘धरान सुनसरी’ गायक अकाश रार्इ, गायक, संगितकार तथा रचनाकार कृष्ण कुमार रार्इ, गायक पुष्प रार्इ, समाजसेवी गिता रार्इ, धनकुटा सेवा समाजका विशेष सल्लाहकारहरू चुल बहादुर लिम्बु, योगेश रार्इ, बुद्ध लिम्बु, उत्तर कुमार रार्इ, काजी देवान, मनिक रार्इ, चन्द्र रार्इ र अन्य बुद्धीजिवी, समाजसेवी, पत्रकार र कोरियामा रहेका धनकुटेलीहरू रहेका थिए । कार्यक्रम २ घण्टा चलेको थियो । अनाैपचारिक रूपमा भएको कार्यक्रमको सञ्चालन सोनिया रार्इले गरेकी थिइन । धनकुटाको नाम राखेको, धनकुटाको सानको रूपमा रहेकी श्रेयाको सांगितिक क्षेत्रमा अझ उन्नति र प्रगतीको लागी प्रोत्साहन स्वरूप सम्मान गरिएको समाजका अध्यक्ष प्रदेश रार्इले जानकारी दिए ।

       श्रेया रार्इ मिठो स्वर र दमदार प्रस्तुतीका कारण द भोइस अफ नेपाल, सिजन १ मा टप ८ सम्म पुग्न सफल भएकी थिइन । उनी उदयपुर सेवा समाज द्वारा अयोजित, उदयपुर म्यजिकल कन्सर्ट २०१९ मा अाफ्नो प्रस्तुती दिन दक्षिण कोरिया  गएकी थिइन । जुन कन्सर्ट फेब्रुवरी ४ तारिखका दिन, दुर्गम क्षेत्रका गरीब, वृद्दा र बालबालिकाको स्वास्थ्य सेवाको लागी सहयोगार्थ गरिएको थियो । शिव परियार, मिलन नेवार, निशान भट्टरार्इ, सन्ध्या बुढा काउली बुडी जस्ता बहुचर्चित कलाकारहरूसँग एउटै स्टेजमा श्रेयाले गाएकी थिइन । उनी फेब्रुवरी ५ तारिखै नेपाल फर्किसकेकी छन् । उनको अर्काे कार्यक्रम युकेमा रहेको छ ।