२०७५-११-५

०८:१७

परियार समाजका सुनसरी जिल्ला अध्यक्ष सहित २ केन्द्रीय सदस्यलार्इ कारबाही

धरान (२०७५-१०-२५) - परियार सेवा समाज केन्द्रीय समितिले सुनसरी जिल्लाका निवर्तमान अध्यक्ष खगेन्द्र नेपाली सहित २ जना केन्द्रीय सदस्यलार्इ कारबाही स्वरुप पदमुक्त गरेको छ । कमितीले उनिहरूलार्इ गुटबन्दी र समानान्तर कमिटि चलाएको आरोपमा छुट्टा छुट्टै पत्राचार मार्फत सो कारबाही गरेको हो ।

       समाजका केन्द्रीय अध्यक्ष डि.बि. परियारले पत्रमार्फत नेपालीलार्इ समाजको गतिशिलतामा आँच पुर्याउने काम गरी अस्वस्थ गतिविधि गरी समाज विरूद्ध गुटबन्दी गरी भ्रामक, तथ्यहिन प्रचार गरेकोले पदमुक्त गरीएको पत्रमा उल्लेख गरीएको छ ।

       यस्तै केन्द्रीय समिति सदस्य सृर्जना परियार र अर्का केन्द्रीय सदस्य लक्ष्मण दासलाई समाजको विरुद्ध समानन्तर गतिविधी गरी समाजको विधी, विधान र उदेश्य विपरीत गुटबन्दी गरी समाजालार्इ आँच पुर्याउने कार्य गरी अस्वस्थ गतिविधी गरेकोले पदमुक्त गरीएको पत्रमा उल्लेख गरीएको छ ।

       गत साउन २० गते नै केन्द्रीय अध्यक्षको अध्यक्षतामा बसेको बैठकले सो कारबाही गरेको थियो । यसका बावजुत पनि यस्ता गतिविधि नरोकेकोले थप कारबाही गर्नुपरेको समाजले जानकारी गराएको छ ।