२०७५-११-५

०७:२७

होटल गजुर प्यालेसको उद्घाटन, चार जना एकैसाथ सम्मानित

तीनकुने(२०७५-१०-२५) - धरानमा पहिलो पटक सुविधासम्पन्न २ तारे होटल गजुर प्यालेसको उद्घाटन भएको छ । उक्त होटलको उद्घाटन प्रदेश नम्बर १ का अन्तरिक ममिला तथा कानुन मन्त्री हिक्मत कार्कीले रिबन काटेर गरेका हुन् ।

 

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले धरान तराई र पहाडको संगम स्थल, शिक्षा, स्वास्थ्य, कलासस्कृति,धार्मीक स्थल, खेलकुदमा अन्य क्षेत्रभन्दा अब्बल रहेको बताएका छन् । उनले धरानलाई पर्यटकीय क्षेत्र बनाउनका लागि प्रदेश सरकार तत्पर रहेको समेत बताएका छन् । उनले प्रदेशले महत्वका साथ हेरेको ६ लेनको जोगबनी किमाथाङ्का सडक धरानको बीच बजार भएर जाने हो भने धरानबासिको केहि भाैतिक नोक्सानि भएपनि त्यसले धरानलार्इ फार्इदा पुग्ने बताए । उक्त सडकलार्इ बार्इपास गरेमा धरान पर्यटकिय हब नभएर ट्रान्जिट पोइन्ट मात्र रहने बताएका छन् ।

 

कार्यक्रममा उपस्थित भएकी धरान उपमहागरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले धरानमा स्तरीय होटलको अभावलार्इ होटल गजुर प्यालेसले पुरा गरेको बताएकी छन् । धरान अाउने पर्यटकले अब धरानमा सुविधासम्पन्न होटल नभएको कारणले पाउने असुविधालार्इ होटल गजुर प्यालेसले पुरा गरेको बताएकी छन् ।

 

होटल गजुर २ तारे भएपनि यसको सेवा सुविधा र मापदण्ड भने ३ तारे स्तरको भएको होटलका सञ्चालक गोपालप्रसाद आचार्यले बताएका छन् । ६ तला रहेको उक्त होटलमा २८ वटा फरक फरक प्रकारका कोठाहरु रहेका छन्, जसमा किङ स्विट रूम, स्विट रूम, प्रिमियम डिलक्स रूम, एक्सक्लुसिभ डिलक्स रूम, सुपेरीयर डिलक्स रूम र टुर्इन डिलक्स रूम रहेका छन् । कोठाको न्युनतम ४ हजार ९ सय देखि अधिकतम १९ हजार ९ सयसम्म आवासमूल्य रहेको छ ।

 

धरानको वडा नम्बर ८ मा सुरुवात भएको उक्त होटेलमा बस्न आउने पाहुनाहरुका लागि २४ घण्टा नै सबै सेवा सुविधा खुल्ला हुनेछ । साथमा हरेक कोठाहरूमा एटेज बाथरूम सहित इन्टरनेट, एयर कन्डिसन लगायत अन्य सम्पुर्ण सुविधा रहेको छ ।

 

होटलमा १४ वटा गाडि र ५० वटा मोटरसार्इकल अटाउन सक्ने क्षमता भएको पार्किझ स्थल समेत रहेको छ । विराटनगर एयरपोर्टबाट आउने पाहुनालार्इ ल्याउन यातायातको समेत व्यावस्था गरीएको छ । होटलमा २ सय देखि ४ सय जना अटाउने सेमिनार हल समेत रहेको छ । साथै ६० देखि ६५ जना अटाउने रेष्टुरेन्ट र १० देखि १५ जना अटाउने भिआइपी लाउन्ज छुट्टै रहेको छ ।

 

चार जना एकैसाथ सम्मान

होटल गजुर प्यालेसले उद्घाटन समारोहमा ४ जनालाई सम्मान समेत प्रदान गरेको छ । अन्नपुर्ण सम्पुर्ण साप्ताहिकका समाचार संयोजक पत्रकार गोपाल दाहाललाई होटल गजुर प्यालेस सर्वोत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरीएको छ । उनलार्इ नगद रू.१५ हजार ५ सय ५५ सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

 

साथमा पर्यटन तथा होटल व्यावसायी होटल एशोसिएशन अफ धरानका संस्थापक अध्यक्ष कमलेश श्रेष्ठलाई समेत सम्मान गरीएको छ ।  होटल गजुर प्यालेस सामाजिक अभियन्ताको सम्मान सामाजिक अभियन्ता प्रभुप्रसाद श्रेष्ठले प्राप्त गरेका छन् । होटल गजुर प्यालेस युवा व्यक्तित्व कदर पत्र भने पब्लिक स्पिकर सिजन २ का विजेता रमेश प्रसाईलाई प्रदान गरिएको छ ।