२०७५-११-५

०७:४०

समानता एकेडेमीमा वार्षिक स्वास्थ्य शिविर सम्पन्न

तीनकुने(२०७५-१०-२६) - धरान १५ मा रहेको समानता एकेडेमीमा वार्षिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सिविरमा दन्त परीक्षण साथै सामान्य स्वास्थ्य जाँच  गरीएको थियो ।

 

बिपी प्रतिष्ठानका दन्त चिकित्सक  डा. राजकुमार गजमेर र डा. अादित्य साहले विद्यालयको विद्यार्थीको दन्त साथै सामान्य स्वास्थ्य जाँच गराएका थिए । विद्यालयको ९३ जना विद्यार्थी मध्ये जम्मा ६० जनाले दन्त परीक्षण गराएको विद्यालयाका प्रधानाध्यापक विकास राउतले बताएका छन् ।

 

दन्त परीक्षणमा विशेष गरी दाँत कीराले खाएको समस्या धेरै रहेको बतार्इएको छ । उनीहरूलार्इ अस्पताल अाउनका लागि डाक्टरले सल्लाह दिएका छन् । विहान ९ बजेबाट सुरू भएको उक्त शिविर साढे १२ बजेसम्म चलेको थियो ।

 

अभिभावको नै उपस्थितिमा गरीएको उक्त स्वास्थ्य शिविर विद्यार्थीको स्वास्थ्य अभिलेख राख्ने उद्देश्यले गरीएको प्रधानाध्यापक राउतले बताएका छन् ।