२०७५-११-५

०७:२९

धरान लोकनृत्य महोत्सव सम्पन्न, धरान आदर्श र हाम्रो डान्स सेन्टर प्रथम

तीनकुने(२०७५-१०-२६) - धरान प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको धरान उपमहानगरस्तरीय लोकनृत्य महोत्सव २०७५ को धरान आदर्श बोर्डिङ स्कुल विद्यालय तर्फको विजेता बन्न सफल भएको छ । विजेता बन्दै धरान आदर्शले नगद रू.१५ हजार सहित नटराज र प्रमाणपत्र प्राप्त गरेको छ ।

 

शुक्रबार धरान ८ स्थित सभागृह हलमा सम्पन्न भएको प्रतियोगितामा समिट स्कुल दोस्रो हुदै नगद रू.१० हजार सहित नटराज र प्रमाणपत्र प्राप्त गरेको छ । अल्पार्इन स्कुल तेस्रो हुदै नगद रू.५ हजार सहित नटराज र प्रमाणपत्र हात पार्न सफल भयो भने लिगामेन्ट स्कुलले सान्तवना स्वरूप १ हजार प्राप्त गरेको छ ।

 

त्यसै गरी दोस्रो चरणमा भएको धरानको डान्स सेन्टरबाट भने हाम्रो डान्स सेन्टर प्रथम हुदै नगद रू.१५ हजार सहित नटराज र प्रमाणपत्र प्राप्त गरेको छ । नेवा सास्कृतिक मञ्च दोस्रो हुदै नगद रू.१० हजार सहित नटराज र प्रमाणपत्र प्राप्त गरेको छ । नृत्य बाटिका तेस्रो हुदै नगद रू.५ हजार सहित नटराज र प्रमाणपत्र हात पार्न सफल भयो । युनाइटेड डान्स सन्टर र फङ फ्युजन डान्स सेन्टरले सान्तवना स्वरूप १ हजार प्राप्त गरेको छ ।

 

कार्यक्रमको निर्णायकमा राष्ट्रिय नाचघर काठमाण्डाैका केशबराज रार्इ, धरानका नृत्य निर्देशक नन्दा रार्इ र सरस्वति योगी रहेका थिए । प्रतियोगितामा धरानका १९ वटा विद्यालय र ५ वडा डान्स सेेन्टरको सहभागिता रहेको थियो ।