२०७५-११-५

०७:५०

समानता एकेडेमीमा सरस्वती पूजाका सँगै अक्षर आरम्भ सम्पन्न

धरान (२०७५-१०-२७) - धरान १५ मा रहेको समानता एकेडेमीले श्रीपञ्चमीको अवसरमा आर्इतबार सरस्वतीको पूजा गरी मनाएको छ । त्यसै अवसरमा साना नानिहरूका लागी अक्षर आरम्भ कार्यक्रमको समेत आयोजना गरीएको छ ।

       विहान ८ बजेबाट सुरू भइ ११ बजेसम्म भएको अक्षर आरम्भमा ४ छात्रा र ७ छात्र गरी ११ जना नानीहरूले अक्षर आरम्भ गरेका थिए । नानीहरूलार्इ अभिभावकको साथ शिक्षिकाको निगरानीमा अक्षर आरम्भ गरार्इएको थियो ।

       साना नानीहरूलार्इ शिक्षाको महत्वका साथै अध्ययनका लागी विशेष दिनको रूपमा परीचित गराउनका लागी श्रीपञ्चमीको दिनमा हरेक वर्ष अक्षर आरम्भ गराउँदै आएको एकेडमीका प्रधानाध्यापक विकास राउतले बताए । अक्षर आरम्भ सँगै एकेडमीमा रहेका विधार्थी र शिक्षकहरूले सामुहिक रूपमा विधाकी देवी सरस्वतीको पूजा समेत गरेका थिए ।