२०७५-११-५

०७:३९

धरान १७मा संघीय लिम्बुवान मञ्चको पुनर्गठन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ३ प्रान्तीय समिती गठन

तीनकुने(२०७५-१०-२८) - संघीय लिम्बुवान मञ्च नेपाल धरान १७ नम्बर वडा कार्यसमितिको पुनर्गठन भएको छ ।  शनिबार भएको एक कार्यक्रमबाट अम्बरबहादुर श्रेष्ठको अध्यक्षतामा २९ जनाको कार्यसमिति पुनर्गठन भएको  हो ।

 

धरान नगर अध्यक्ष सन्जुहाङ साबा लिम्बुको सभाप्तित्वमा २  जना सल्लाहकार सदस्य साथै २८ जनाको वडा कार्यसमिती गठन गरीएको हो । कार्यसमितिको उपाध्यक्षमा भिम बहादुर खपाङ्गी मगर, दल बहादुर राई, विनोद रसाईली र बिनोद मिभक लिम्बू चयन भएका छन् । यसैगरी सचिवमा अविसेक राई र कोष अध्यक्ष निमा सेर्पा चयन भएका छन् । सदस्यहरुमा उदिप लिम्बू, राज कुमार याख्खा, दिपा लिम्बु, मेरिना लिम्बु लगायत चयन भएका छन् ।

 

सुनसरी जिल्ला अध्यक्ष अमर इजम कार्यक्रमको प्रमुख अतिथि रहेका थिए । विशिष्ट अतिथिमा केन्द्रिय सचीव तथा जिल्ला इन्चार्ज भुपेन्द्रशुन्दर लावती केन्द्रिय, सचीवलय तथा क्षेत्र न १ (ख) का इन्चार्ज बिबि लिङ्देन, लिम्बुवान भोलेन्टियर्स सिनियर कमाण्डर कैलास गुरुङ लगायत रहेका थिए । सम्पुर्ण उपस्थित भएकाहरूले नयाँ कार्यसमितिका पदाधिकारीलार्इ शुभकामना दिएका थिए ।  

 


संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च को तीन प्रान्तीय समिती गठन


संघीय लोकतान्त्रिक रास्ट्रिय माञ्चको ३ प्रान्तका प्रान्तीय समिति गठन भएको छ । तामाङ्सालिङ, मगरात र शेर्पा प्रान्तको प्रान्तीय समिति शनिबार गठन भएको हो ।

 

संघीय तामाङ्सालिङ मन्चको अध्यक्षमा मिङमार लामा चयन भएका छन् । उपाध्यक्षमा दान बहादुर तामाङ, नारायण तामाङ, दावा दोर्जे तामाङ र जरसिङ तामाङ चयन भएका छन् । अध्यक्ष सहित २५ जनाको कार्यसमिति गठन भएकोमा महासचिव हरिस लामा, उपमहासचिवमा हिरामणी योन्जन र रबि दोङ तामाङ, सचिवमा सागर तामाङर सानो कान्छा लामा सदस्यहरूमा सुर्य बहादुर तामाङ, लेङ तामाङ, पेमा तानाङ लगायत चयन भएका छन् ।

 

संघीय सेर्पा मञ्चमा तेण्डी सेर्पाको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा निमा सेर्पा र काले सेर्पा चयन भएका छन् । उपमहासचिव दावा छिरिङ सेर्पा र सदस्यहरूमा अनुपा सेर्पा, ङिमा सेर्पा, फुर्बा नोर्बु लामा लगायत चयन भएका छन् ।

 

संघीय मगरात मञ्च, नेपाल तदर्थ समितीको संयोजकमा पुर्बी रुकुमबाट चयन मगर चयन भएका छन् । सदस्यहरूमा रोल्पाबाट राज कुमार पुन मगर र निम बहादुर बुढा मगर, रुकुमबाट टेक जङ मगर, केसब थापा मगर, रबिन मगर, सल्यानबाट साजन आले मगर लगायत चयन भएका छन् ।

 

काठमाण्डौँको  शिवदर्शन पार्टी प्यालेसमा भएसंघीय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यमा उक्त प्रान्तीय समिति गठन भएको हो ।

 

प्रान्तीय समिति गठन पछी नवगठित प्रान्तीय समितिलाई प्रमुख अतिथि लिंग्देनले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । प्रदेश नाम्बर १, २, ३ र ५ नामाकरण हुन बाँकी रहेको बेला संघीय लोकतान्त्रीक रास्ट्रिय मञ्चको संगठन विस्तारले तिब्रता पाएको हो । पार्टीले प्रदेश नम्बर १ लाई लिम्बुवान-खम्बुवान किरात र प्रदेश ३ लाई नेवा-ताम्सालिंग पहिचानको आधारमा हुर्नपर्ने माग राख्दै आएको छ ।