२०७५-११-५

०७:२८

२१ आ बुढासुब्बा गोल्डकपको पहिलो खेल २ दिन सम्म निरन्तर, दोश्रो दिन सडन डेथमा सिएमजी कल्ब संकटा विजयी

(धरान २०७५-१०-२८) - धरान १६ स्थित प्रादेशिक रङशाला जारी २१ आै बुढासुब्बा गोल्डकप अर्न्तगत आर्इतबार सिएमजी कल्ब संकटा र मेची नेत्रालय बिच भएको पहिलो खेल निर्णयविहीन स्थगन भएपछी सोमबार विहान सडन डेथमा खेलको नतिजा निकालीएको छ ।

       आज भएको सडन डेथमा पहिलो पेनाल्टी प्रहार गर्न आएका संकटाका खेलाडी अमित तामाङले गोल गरेका थिए । यस पछि मेचीका खेलाडी पुजन उपरकोटीले पनी गोल गरे । दोश्रो पेनाल्टीमा संकटाका विदेशी खेलाडी केडरीक आबाले गोल गरे भने मेचीको खेलाडी दिलेन लोक्तामले गरेको प्रहार गोलरक्षकले बचाउन सफल भयो र संकटाले खेलमा १ – ० को गोल अन्तरले जित निकाल्यो । खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबाबु थापा घोषीत भए । उनलार्इ धरान फुटबल क्लबका अध्यक्ष किशोर रार्इले नगद १५ हजार सहित ट्रफीले सम्मान गरीएको थियो ।

       हिजो भएको निर्धारीत समयको खेलमा पहिलो हाफमा मेचीका खेलाडी कर्ण लिम्बुले गोल गर्दै खेलमा अग्रता बनाएको थियो । त्यसको केही समयमा नै संकटाका खेलाडी जय गुरूङले १ गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । दोश्रो हाफमा फेरी मेचीका पुजन उपरकोटीले अर्को गोल थप्दै खेलमा अग्रता बनाएको थियो । निर्धारीत ९० मिनेटपछिको इनजुरी समयमा संकटाका दिपेश आलेमगरले गोल गरी बराबरी बनएको थियो । त्यसपछिको टाइ ब्रेकरमा समेत समान ४ – ४ गोल भर्इ सडन डेथमा खेल अघि बढेको थियो । सडन डेथमा पनि प्लेयिङ सेटका ११ जना खेलाडीबाट समान गोल भएको थियो र अध्याँरो समेत भएकाले खेल सोमबारको लागी स्थगन गरीएको थियो ।

       खेल पछिको पोस्ट म्याच कन्फरेन्समा बोल्दै संकटाका कोच निराजन खड्काले खेलाडीको खेलबाट आफु सन्तुष्ट नभएको बताए । टिमले अझै धेरै मेहनेत गर्नुपर्ने खड्काले प्रकाश पारे । यसरी नकआउट चरणको प्रतियोगीतामा गोल गर्न नसक्दा धेरै कठिन हुने भएकाले अर्को चरणका लागी खेलाडीलार्इ अझ राम्रो तयारी गरार्इ प्रतियोगिताको उपाधी जित्ने लक्ष्य सहित अगाडी बढ्ने बताए ।

       मेचीका कोच मिन ब. बस्नेतले ३ पटक सम्म लिड गरेको खेलमा अग्रतालार्इ कायाम राख्न नसक्दा हार बेहोरेको बताए । हाम्रा खेलाडीले राम्रो खेलेको थियो तर भाग्यल साथ नदिएकाले हार्नु पर्यो बस्नेतले बताए । यो संगै उनले संकटाको टिमलार्इ बधार्इ समेत दिए ।