२०७५-११-५

०७:१७

“ए मेरो हजुर ३” को टिजर सार्वजनिक, चैत्र २९ गते हलमा अाउदै

तीनकुने(२०७५-१०-२८) - झरना थापाद्वारा निर्देशित नेपाली चलचित्र “ए मेरो हजुर ३” को टिजर युट्युब च्यानल बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ । सुनिल कुमार थापाको निर्माणमा तयार भएको चलचित्र “ए मेरो हजुर ३” को टिजर १ मिनेट भन्दा लामो रहेको छ ।

 

सार्वजनिक भएको उक्त टिजरमा नायक अनमोल केसी र नव नायिका सुहाना थापाको केमेष्ट्रीलाई देखार्इएको छ । चलचित्रमा अनमोल र सुहानासंगै सलोन बस्नेत, रविन्द्र झा, रूपा घिसिङ, रक्षा गाैतम, विशाल पहाडि, रीयर रार्इ र सरोज खनालको समेत अभिनय देख्न सकिन्छ । तर टिजरमा भने अनमोल र सुहानालार्इ मात्र देखाइएको छ ।

 

चैत्र २९ गतेबाट रिलिज हुने चलचित्रले नयाँ बर्षमा बम्पर कारोबार गर्ने अनुमान चलचित्रको टिजरबाट नै लगाउन सकिन्छ । माघ २७ गते अर्थात सरस्वती पुजाको अवसर पारेर सार्वजनिक गरीएको टिजरले २४ घण्डा नबित्दै ३ लाख ३५ हजार भ्यूज पाएको छ ।

 

सार्वजनिक टिजरमा अनमोल र सुहानालार्इ रोमान्टिक अबतारमा देखिएको छ । सुहाना थापा झरना थापा र निर्माता सुनिलकुमार थापाकी छोरी हुन् । चलचित्रमा भरना थापा र सुमन पौडेलको कथा रहेको छ । कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत र रोशन श्रेष्ठको द्वन्द्व समेत चलचित्रमा देख्न पार्इनेछ ।