२०७५-११-५

०७:१४

आठौ राष्ट्रिय प्रतियोगिताको लागि सुनसरी महिला बास्केटबल खेलाडी छनौट

धरान (२०७५-१०-२८) – आठौ राष्ट्रिय प्रतियोगिताको लागि सुनसरी जिल्ला महिला बास्केटबल खेलाडि छनौट कार्यक्रम सोमबार धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न भएको छ ।

       आज भएको छनौट कार्यक्रमबाट सुनसरीका १० जना खेलाडि छनौट भएका छन । छनौट हुनेहरुमा डा. आशा राई, अनु राई, सितल तामाङ, तनु राई, निरुता राई, प्रिति राई, आस्था राई, प्रिति लिम्बु, सदिक्षा भट्टराई र प्रनिसा ओझा रहेको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जनाए । छनाैटमा १७ जना खेलाडीहरूको सहभागी रहेको थियो । उनिहरूलार्इ २ समुहमा विभाजन गरी प्रतियोगिता गराइ छनौट गरीएको थियो ।

       छनौट भएका खेलाडिहरुले सुनसरीबाट महिला टिमको प्रतिनिधित्व गर्दै प्रदेश १ टिम छनौट प्रतियोगितामा सहभागिता जनाउनेछ । प्रतियोगिताबाट विभिन्न जिल्लाहरूको १२ जना खेलाडी छनौट भर्इ प्रदेश १ को टिम तयार हुने पूर्वाञ्चल प्रशिक्षक विकास चाम्लिङ राईले जनाए ।

       छनौट कार्यक्रममा नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, पूर्वाञ्चल बास्केटबल टिम पुर्व टिम क्याप्टेन हेमन्त राई, पूर्वाचल बास्केटवल खेलाडि नविन राई, बास्केटबल प्राविधिक चिरञ्जीवी गिरि लगायतको उपस्थिति रहेको थियो । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता चैत्र दोस्रो हप्ता नेपालगञ्जमा हुनेछ ।