२०७५-११-५

०७:२२

" को बन्छ करोडपति "को दोश्रो एपिसोड सम्पन्न

फुश्रे (२०७५-१०-२८)  - बौद्धिक टेलिभिजन रियालिटी शो " को बन्छ करोडपति "को दोश्रो एपिसोडमा १० जना प्रतियोगीले सहभागीता जनाएका थिए । हट सिट छनोटको लागि प्रतियोगिहरुलाई फास्टेस्ट फिङगर फस्ट खेल खेलार्इएको थियो ।

सहभागी हुनेमा  काठमाण्डौँबाट अजेलिया रंजितकार  , रजनी मालाकार र सुनिता राजभण्डारी ,पोखराबाट डेबिड गुरुङ , गुल्मीबाट थानेश्वर खनाल , बुटवलबाट विशाल गुरुङ  , रसुवाबाट शशी लामिछाने, बाराबाट रिना गौतम, इटहरीबाट मिरा बस्नेत शर्मा , चितवनबाट श्याम श्रेष्ठ रहेका थिए ।


चार जना प्रतियोगिले फास्टेस्ट फिङगर फस्टमा  सोधिएको प्रश्नको सहि उत्तर दिए । सोधिएको प्रश्नको सबैभन्दा छोटो समयमा सही जवाफ दिदै  काठमाण्डौँकी सुनिता कार्यक्रमको दोश्रो प्रतिस्पर्धी हुन सफल भइन । हट सिटमा उनले चार वटा प्रश्नको सहि जवाफ दिन सफल भइन भने पाँचौ प्रश्नको गलत जवाफ दिएर केबीसीबाट बाहिरिइन  ।

त्यसपछि बाकी प्रतियोगीसङ हट सिटको लागि फास्टेस्ट फिङगर फस्टमा प्रश्न सोधिएको थियो । जसमा दुई जनाले सहि उत्तर दिएका थिए तर कम समयमा चितवनका श्याम श्रेष्ठले जवाफ दिएका थिए ।


उनले हट सिटमा सोधिएको पाँचवटा प्रश्नको सहि जवाफ दिन सफल भए  । पाँचौ प्रश्नको लागि उनले अडियन्स पोल प्रयोग गरेका थिए ।  छैटौं प्रश्नको गलत जवाफ दिएर उनी खेलबाट बाहिरिए । उनले पाँचवटा प्रश्नको सहि उत्तर दिएकाले नगद दस हजार हात पार्न सफल रहेका थिए ।


एपिवान एचडी टेलिभिजनबाट प्रत्येक  विहिबार बेलुकी ८:३० बजे कार्यक्रम प्रशारण हुने गदर्छ । हट सिटमा जम्मा पन्ध्रवटा प्रश्न  सोधिने गरिन्छ  । पन्ध्रवटै प्रश्नको सही जवाफ दिएमा प्रतिस्पर्धीले १ करोड जित्नेछन । केबीसीमा प्रतिस्पर्धीको सहजताका लागि लाइफ लाइन,अडियन्स पोल, फिप्टी-फिप्टी र फोन अ फ्रेण्ड अप्सन दिईनेछ ।


कार्यक्रमको संचालक महानायक राजेश हमाल हुन् ।