२०७५-११-५

०८:००

धरानमा जारी बुढासुब्बा गोल्डकपको दोश्रो क्वाटरफार्इनल खेलमा पुलिस क्लब विजयी

तस्विरः विकास चाम्लिङ राई
धरान (२०७५-१०-२८) –  धरान १६ स्थित प्रादेशिक रङशालामा जारी २१ औ बुढासुब्बा गोल्डकप अर्न्तगत सोमबार भएको दोश्रो क्वाटरफार्इनल खेलमा नेपाल पुलिस क्लबले पोखराको सहारा क्लबलार्इ सडन डेथमा १ - ० को गोल अन्तरले पराजित गरेको छ ।

       खेलको पहिलो हाफको ३३ आै मिनेटमा पुलिसका निरकुमार रार्इले गोल गर्दै खेलमा अग्रता कायाम गरेको थियो । निकै नै प्रतिष्पर्धात्मक खेल सकिनै लाग्दाको इनजुरी समयमा डि एरीयामा पुलिसका खेलाडीले ह्यान्डबल गर्दा सहाराको पक्षमा पेनाल्टी प्रहारको माैका प्राप्त भएको थियो । त्यस माैकालार्इ सदुपयोग गर्दै सहाराका विश्व अधिकारीले पेनाल्टी मार्फत गोल गरी खेल बराबरीमा ल्याएको थियो । 

       खेल अवधिभरी दुवै टिमले पाएका थुप्रै अवसरहरूलार्इ खेलाडीहरूले गोलमा परीणत गर्न असफल भएका थिए । खेलमा अरू कुनै गोल हुन सकेन र खेल टार्इ ब्रेकरमा धकेलिएको थियो । टार्इब्रेकरमा पनि समान ३ - ३ गोल भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा भने पुलिसका खेलाडी भरत शाहले गरेको पेनाल्टी प्रहार गोलमा परीणत भयो भने सहाराका खेलाडी अन्जन देवकोटाको प्रहार गोल पोष्ट भन्दा बहिरीएको थियो ।
       टार्इ ब्रेकरमा भने पुलिसका अजित भण्डारी, देवेन्द्र तामाङ र सुमन सुवेदीले गोल गरेको थियो भने पुलिसका तेज तामाङ र हरी कठयतले गरेको प्रहारलार्इ सहाराका गोलकिपर लक्कीकुमार कार्कीले बचाएका थिए । यस्तै सहाराको तर्फबाट विश्व अधिकारी, विनोद गुरूङ र जनक कार्कीले गोल गरेका थिए । सहाराका गोविन थापाको प्रहार पुलिसका गोलकिपर सत्रुघन चाैधरीले बचाएका थिए भने रमेश मगरले गरेको प्रहार बारमा ठोकिदै बाहिरीएको थियो ।  


       खेलको म्यान अफ द म्याच पुलिसका खेलाडी निरकुमार रार्इ घोषित भर्इ नगद १५ हजार सहित ट्रफि हात पारे । उनलार्इ कार्यक्रमका प्रमुख अतिथी संघिय प्रहरी र्इकाइ कार्यालय प्रदेश नं. १ का एसएसपी शरदकुमार खत्रीले पुरस्कार वितरण गरेको थियो । भोलिको खेल दलहुजी एथ्लेटिक क्लब कोलकता, भारत र आयोजक धरान फुटबल क्लब बिच दिउँसो ३ बजेदेखी हुने भएको छ ।