• ON AIR
  • UP NEXTधरान खबर

नेपाली शेफ सन्तोष शाह मास्टर सेफको उत्कृष्ट तीन मै सिमित

धरान (२०७७-०९-०३) – पाककला सम्बन्धी टेलिभिजन प्रतिस्पर्धा 'मास्टर सेफ युकेः द प्रोफेसनल्स २०२०' मा नेपाली शेफ सन्तोष शाहले "उत्कृष्ट तीन" मै चित्त बुझाउनु परेको छ ।

 

बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा बेलायती २५ वर्षिय सेफ आलेक्स वेवले उपाधि जितेका छन । साहले उपाधि नजिते पनि नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गर्न सकेको र नेपाल र नेपाली खानाको जित भएको प्रतिकृया दिएका छन । ३२ जना व्यावसायिक सेफबीच शुरु भएको उक्त प्रतियोगितामा टप थ्री सम्म पुग्नुलाई पनि उनले ठूलो उपलब्धि मानेका छन् ।

 

करिब ५ सातादेखि चलेको प्रतियोगितामा सन्तोषले नेपाली परिकार मात्र पस्किएर आफ्नो उपस्थिति भिन्न बनाएका थिए । उनले नेपाली भेषभुषाका तथा संस्कृतिका साथ हिमाल, पहाड र तराईको खाना विश्वसामु पस्किएका छन । बिहीबारको फाइनल एपिसोडमा उनि नेपाली ढाका टोपीमा सजिएका थिए । उनीबारे बीबीसीले तयार पारेको एक भिडियोमा सन्तोषले नेपालको राष्ट्रिय झण्डा समेत प्रदर्शन गरेका थिए । उक्त अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खाना लिएर जाने सन्तोष एकमात्र नेपाली हुन् ।

प्रतिकृया दिनुहोस

मातृभाषा साहित्य उत्सवमा भाषाविद् डा. धिमाल आउँदै, १९ भाषाका गीतहरू प्रस्तुत हुँदै

धरान(२०७८-११-०५) -  बेलायतमा हुन लागिरहेको मातृभाषा साहित्य उत्सवमा यसपटक अल्पसंख्यक समुदायको पनि विशेष सहभागिता हुने भएको छ ।   ठूला जनसंख्यामा

युके निवासी धरानका इञ्जिनियर अजेन लिम्बुको नेतृत्व रहेको अन्तरिक्ष केन्द्रलाई अन्तर्राष्ट्रिय पुरस्कार

लन्डन (२०७७-०८-२७) – यूकेमा रहेका एक धराने नेपाली युवा इञ्जिनियरले बनाएको अन्तरिक्ष केन्द्र निर्माणको नमुना डिजाइनले अन्तर्राष्ट्रिय पुरस्कार हात

अमेरिका निर्वाचनको प्रारम्भिक नतिजा आउन सुरु, बाइडन र ट्रम्पबीच कडा प्रतिस्पर्धा

धरान (२०७७-०७-१९) – अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका