धरान १७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
धरान(२०८१-०८-३०)धरान १७ एन्फा मार्गमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नमुना विकास तथा वातावरण मञ्च धरान १७ को संयोजकत्व र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा ९५ जना सेवा ग्राहीले स्वास्थ्य जाँच गराएका थिए । जसमा अधिकांश वृद्धवृद्धा र महिला रहेका थिए ।
शिविरमा डा. अशोक यादव, डा. सलमान हैदर हुसैन, फिजिसिएनस फर सोसियल रेस्पोन्सीबिलिटी नेपाल (PSRN) र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टिमले सहजिकरण गरेका थिए । शिविरमा बिरामीहरूको ब्लड प्रेसर र सुगर जाँच गरिएको थियो ।
“राष्ट र समाज परिवर्तनको सम्बाहक व्यक्ति स्वयम् हो। स्वास्थ्य व्यक्ति उत्पादन गर्नु राज्यको दयित्व हो”
लक्ष्मण भट्टराई स्वास्थ्यकर्मी एवम् उप-प्राध्यापक सामाजिक परिवर्तनमा स्वास्थ्य शिक्षा र पोषणको भुमिका सामाजिक परिवर्तन
पिपिओ धरानमा रक्तदान साथै पाठेघर र स्तन क्यानसरको निःशुल्क परिक्षण शिविर सम्पन्न
धरान(२०८०-०९-२२) – भारतीय राजदुतावास पेन्सन वितरण केन्द्र धरानको आयोजनामा वृहत रक्तदान कार्यक्रम साथै महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निशुल्क
धरान ९ मा एकिदने निःशुल्क आँखा शिविर सम्पन्न
धरान (२०७९-१२-२५) - धरान वडा नं.९ मा एकिदने निःशुल्क आँखा शिविर सम्पन्न भएकाे छ । धरान-९, पुतली लाईनमा रहेकाे मञ्जुश्री सुपर स्पेशालिटी आई केयर सेन्टर

प्रतिकृया दिनुहोस