डीपी बिलिभर्स स्कुलद्वारा एक दिने मानसिक स्वास्थ्य, परामर्श र आत्महत्या रोकथाम सम्बन्धी कार्यशाला सम्पन्न
धरान (२०८१-०७-०८) - धरान-५ देउरालीमा रहेको डीपी बिलिभर्स इङलिस स्कुलमा बुधबार एक दिने मानसिक स्वास्थ्य , परामर्श र आत्महत्या रोकथाम सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
धरान - १२ स्थित स्टार पुर्वी होटलमा भएको उक्त कार्यशालामा धरानको विभिन्न क्षेत्रका जस्तै; स्वास्थ्यकर्मी, शिक्षा, सामाजसेवी, प्रहरी प्रसासन गरि करिब ४० जनाको सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यशाला स्कुलका निर्देशक तथा प्राचार्य संजीप बान्तवाको अध्यक्षतामा भएको थियो ।
कोभिडपछि मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू जस्तै; चिन्ता, एक्लोपन र किशोरावस्थामा डिप्रेसन, आत्महत्या गर्ने विचारका घटनाहरु बढेको आवस्था र चुनौतीलाई सम्बोधन गर्न प्राइम इन्टरनेशनल र इक्विप नेपालको सहकार्यमा यो कार्यशाला आयोजना गरिएको प्राचार्य बन्तवाले बताएका छन् ।
कार्यशालालाई बेलायतबाट आएका डाक्टर डेभिड र डाक्टर एन्ड्रयूले सहजीकरण गरेका थिए । कार्यशालामा मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न पक्षहरू, मानसिक स्वास्थ्य प्रवर्द्धन गर्न, चेतावनी चिन्हहरू पहिचान गर्न, प्रभावकारी रणनीतिहरू अपनाउन साथै समुदायमा आत्महत्या रोकथाम गर्ने तरिकाहरूबारे छलफल र अन्तरक्रिया गरिएको थियो । कार्यक्रमको सञ्चालन हेमराज गुरुङले गरेका थिए ।
डीपी बिलिभर्स स्कुलमा एक दिने सेमिनार सम्पन्न
धरान (२०८१- ०५- २५) - धरान - ५ देउरालीमा रहेको डीपी बिलिभर्स इङलिस स्कुलमा सोमबार एक दिवसिय अभिभावक सेमिनार सम्पन्न भएको छ । सेमिनारमा करिब ६० जना
डीपी बिलिभर्स स्कुलमा प्रजनन स्वास्थ्य तथा महिनावारी स्वच्छता सम्बन्धि सेमिनार सम्पन्न
धरान(२०८१-०३-०२) - धरान -५ देउराली स्थित डीपी बिलिभर्स इङ्गलिस स्कुलमा एक दिने प्रजनन स्वास्थ्य तथा महिनावारी स्वच्छता सम्बन्धि जनचेतनामुलक सेमिनार
डीपी बिलिभर्स स्कुलमा लागु पदार्थ एवम् मद्यपान दुर्व्यसन सम्बन्धी चेतनामुलक सेमिनार सम्पन्न
धरान(२०८१-०२-०४) - धरान ५, स्थित डीपी बिलिभर्स इङ्गलिस स्कुलमा लागु पदार्थ एवम् मद्यपान दुर्व्यसन सम्बन्धी एक दिने चेतनामुलक सेमिनार सम्पन्न भएको छ

प्रतिकृया दिनुहोस