धरानमा “सुनाखरी एकेडेमी स्कुल कप” हुने
धरान(२०८१-०७-२९) धरानमा यहि माघ २ गतेदेखि “सुनाखरी एकेडेमी स्कुल कप” हुने भएको छ ।
बुधबार बसेको बैठकले एन्फा एकेडेमी धरान तथा जिल्ला फुटबल संघ सुनसरीको प्राविधिक सहयोग र सुनाखरी एकेडेमीको आयोजनामा उक्त प्रतियोगिताको आयोजना गर्ने तयारी भइरहेको सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राईले जानकारी दिएका छन् । धरानमा अहिले प्राथामिक तह, प्लस टु वा कलेज स्तरीय फुटबल मात्र धेरै आयोजना भईरहेकोले पनि कक्षा १० सम्मका विद्यार्थी लक्षित फुटबल प्रतियोगिताको आवश्यकता महशुस भएको बताए ।
उक्त प्रतियोगिताको संयोजकमा प्याप्सन तथा एन प्याप्सन धरान नगर समिति रहनेछ भएको छ । धरान उपमहानगर अन्तर स्कुल स्तरीय फुटबल प्रतियोगिताको प्रथम पुरस्कार रु.५० हजार र दोस्रो पुरस्कार रु.२५ हजार कायम रहनेछ र समग्र बजेट अनुमानित ४ लाख १० हजार रहने अनुमान गरिएको छ ।
खेललाई व्यवस्थित र सफल बनाउन गरिएको पहिलो चरणको बैठकमा विभिन्न विषयमा छलफल गरिएको थियो । प्रतियोगिता सफल बनाउन नियमावली चाँडै नै तयार गरिने र विभिन्न स्कुलहरूसँग प्रत्यक्ष रूपमा भेटी सल्लाह, छलफल तथा सहभागीताको लागी पनि अनुरोध गरिने प्रन्सिपल राईले बताएका छन् ।
अनौपचारिक रूपमा भएको बैठकमा एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लगायत प्याबसन तथा एनप्याबसनका विभिन्न पदाधिकारी, सुनाखरी एकेडमीका सञ्चालक समिति तथा विभिन्न विभागका प्रमुख साथै विभिन्न मिडियाका पत्रकारहरूको सहभागीता रहेको थियो ।
बैठकमा बोल्दै कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले यस्ता प्रतियोगिताले फुटबल विकासमा ठुलो टेवा पुग्ने भएकोले प्रतियोगितालाई सफल बनाई अगामी वर्षहरूमा पनि निरन्तरताको लागी व्यक्तिगत तथा संस्थागत रूपमा सबै प्रकारको सहयोग गर्ने बताए ।
एन्फा विमेन्स लिग २०८१ मा कोशी प्रदेशको विजयी सुरुवात
धरान(२०८१-०५-१६) – आजबाट सुरु भएको एन्फा विमेन्स लिग २०८१ मा कोशी प्रदेश फुटबल संघले विजयी सुरुवात गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा
धरानमा ईन्टर स्कुल क्रिकेट टुर्नामेन्ट आजदेखि सुरु
धरान(२०८१-०२-१८) - धरान जुनियर जेसिसको आयोजनामा ईन्टर स्कुल क्रिकेट टुर्नामेन्ट आजदेखि सुरु भएको छ । धरानका ६ वटा विद्यालयहरू, सैनिक आवासीय
बैशाख २९ गतेदेखि दोस्रो अल्फा बिटा ओपन बास्केटवल प्रतियोगिता हुने
धरान(२०८१-०१-०५) - धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा दोस्रो अल्फा बिटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिता हुने भएको छ

प्रतिकृया दिनुहोस