एमाले महाधिवेशन: केही टिप्पणी र सुझावहरु
लेखक - पारस काङमाङ राई
(१) नेकपा(एमाले) को १०औँ महाधिवेशनको बन्द शत्रमा भारतिय कम्युनिष्ट पार्ट्रीका नेता जोगिन्दर सिंहले बोल्दै नेपाललाई हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र ल्याउन भारतिय जनता पार्ट्री (भाजपा) ले अभियान नै चलाएको बताएका थिए। (जनता समाचार: ११ मङ्सिर)
(२) रमेशनाथ पाण्डे र गोपाल खनालकाे किताब पढ्नुहाेस्:
यसलाई पुष्टि गर्ने आधार " भाजपाको हिन्दुत्व बाहेकाका अन्य मुद्दा सबै अस्थायी हुन्। "
( गोपाल खनाल: भुराजनीतिक/रमेशनाथ पाण्डे:कुट्नीतिक र रणनितिक )
(३) जोगिन्दर सिंहको आग्रह:
सिंहले नेपाललाई सन २०२५ सम्ममा हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र ल्याउने रणनीतिक र कुटनीतिक अभियान भाजपाले चलाएकाले धर्मनिरपेक्ष भएको मुलुकको नेपाल कम्युनिष्ट पार्ट्री एमाले यो बाट सावधान रहन आग्रह गरेका थिए।
(४) व्यक्ति-प्रवृत्ती चरित्र:
प्राप्त व्यवस्था र संविधानको विरुद्धमा पटक-पटक धावा बोलेर समाप्त पार्न खोज्ने, राजावादी कमल थापासंगको मोर्चा र सहकार्य गर्ने, परिवर्तनगामी र प्रगतिशिल शक्ति संग आन्दोलन वा मोर्चा वा चुनावमा सहकार्य नगर्ने, वाम एकतामा जोड नदिने, समाजवादी शक्तिसँग एकताको प्रयास नगर्ने, गाली गर्ने जस्ता कार्यले संघिय लोकतान्त्रिक गणतन्त्रमा समस्या आफै उत्पन्न गरिदिने र यो व्यावस्था ठिक भएन भन्दै फेरी धर्मनिरपेक्ष राष्ट्रलाई हिन्दु राष्ट्रमा रुपान्तरण गर्न खोज्ने त्यो अग्रगामी चरित्र हुन सक्दैन। प्रगतिशिल चरित्र हुन सक्दैन। मार्क्सवाद, समाजवाद ल्याउने चरित्र हुन सक्दैन। यसलाई सुधार गर्नु पर्दछ ।
(५) एमाले महाधिवेशनमा कमल थापाको गर्जन:
एमालेको १० औँ महाधिवेशनमा राजावादी कमल थापाले व्यक्ति चरित्रका बारेमा खुलेरै प्रशंसा गर्दै भाषण गरे। उनले एमाले नेतृत्वको चर्चा समेत गर्न भ्याए। हिजो संविधानसभाको निर्वाचनमा एमालेसँग मोर्चाबन्दी गरेर २४ सिट पाएको स्मरण र अबको निर्वाचनमा मोर्चा गरेर फेरी संसदमा सिट बढाउने र नेपालको धर्मनिरपेक्ष राज्यको चरित्रलाई समाप्त पारेर हिन्दुत्वको लागि अगाडि बढ्न खोजेको विश्लेषण गर्न सकिन्छ। उसो त एमालेको नेतृत्वले पनि हिन्दुत्वको लागि कमल थापासँग निकट सम्बन्ध राखेको र नेपालमा हिन्दुत्वलाई स्थापित गर्न खोजेको विश्लेषण हुँदै आएको छ ।
(६) रणनीतिक हतियार र कुटनीतिक उदेश्य:
रणनीतिक र कुटनीतिक योजना तथा ग्राण्डडिजाइनमा भाजपा देखि रामदेव सम्मको कामसूत्र प्रभावित छ। पश्चिमा देखि दक्षिणी शक्तिसम्म हावी छ। बाहिर देखाउदा साच्चैको मार्क्सवादी, भित्र ग्राण्डडिजाइन र रणनीतिक तथा कुटनीतिक योजना भने कम्युनिष्ट चरित्र स्वखलित हुदैँ गएको बुझ्न सकिन्छ। आज भाजपाको नेपाल रणनीति र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था एवम् संविधान र धर्मनिरपेक्षता माथीको हमला यहि रणनीतिक हतियारसँग सम्बन्धित छ। गोयल र रणवानेको भ्रमण र भेटले पनि यही देखाउँथ्यो। यो बाट एमाले नेतृत्व निस्कन सक्छ कि सक्दैन भन्ने मुख्य प्रश्न हो।
निष्कर्ष:
छिमेकी राष्ट्रका कम्युनिष्ट पार्ट्रीहरुको सल्लाह, सुझाँव र देशका आम-जनता, कार्यकर्ता, नेताको बहस र छलफललाई पार्ट्रीका नेतृत्वले धैर्यतापुर्वक सुन्ने र सुझाँव, सल्लाह लिनेदिने काम गर्नुपर्दछ। यसरी फरक विचार र सुझाँव, सल्लाह दिएको आधारमा कार्यकर्ता र नेताको राजनीति सिकिदिने, अलोकतान्त्रिक र शक्ति-पृथकिकरणको सिद्धान्त विपरित अगाडि बढ्ने कार्यले पार्ट्री र देशलाई अगाडि बढाउन सक्दैन। मार्क्सवादी, समाजवादी उद्देश्य भएका देशका शक्तिहरुले प्रगतिशिलता, परिवर्तनशिलता र अग्रगमनको बाटोलाई स्वीकार गर्दै त्यस्ता शक्तिसँगको सहकार्य, मोर्चा र एकतालाई प्राथमिक आधार बनाउनु पर्दछ ।
लघुवित्तमा देखा परेका समस्याहरु, सहकारीले समेत लघुवित्त सेवा प्रदान गर्दै
गोबिन्द प्रसाद पौडेल प्रबन्धक, आरएमडीसी लघुवित्त वित्तीय संस्था लि., काठमाण्डौँ स–साना आय आर्जन गर्ने र बैंकिङ्ग पहुँच भन्दा टाढा रहेको गरीब
एमसीसी र अस्थिरताको बाटो
-पारस काङमाङ राई एमसीसीले दलहरुलाई फेरि पनि बिभाजन तर्फ उन्मुख गराउँदै लगेको विभिन्न सञ्चार माध्यम, सामाजिक संजाल र उच्चा स्रोतले बताउँदै आएको छ
एमाले सिद्धान्त-संगठन र स्थानिय तहमा देखिएको प्रश्न
-पारस काङमाङ राई विषय प्रवेश: मार्क्सवाद ठोस परिस्थितीको ठोस विश्लेषण हो । थुप्रै विकल्प/बाटोमा छलफल गर्न सकिन्छ । एउटै पात्र वा

प्रतिकृया दिनुहोस