एमसीसी र अस्थिरताको बाटो
-पारस काङमाङ राई
एमसीसीले दलहरुलाई फेरि पनि बिभाजन तर्फ उन्मुख गराउँदै लगेको विभिन्न सञ्चार माध्यम, सामाजिक संजाल र उच्चा स्रोतले बताउँदै आएको छ ।
एमसीसी यस्तो हतियार बन्यो, जसले अनुदानको नाममा व्यापरिक लगानी गर्दै रणनीतिक ढंगले राजनीतिलाई अस्थिरता तर्फ लग्यो र नेपालको राजनीतिक दलहरु बिभाजन-टुटफुट तर्फ मोडिदियो ।
नेपाली कांग्रेस निर्वाचनको समयमा ५ दलिय गठबन्धन मोर्चा बनाएर गएमा वा एक्लै नउठेमा पार्टी फुटाउने र नरहन सक्ने कुराको संकेत गर्दै शेखर कोईरालाले एक्लै चुनावमा उठ्नु पर्ने बताएका छन् । यो भाजपाको हिन्दुत्व र संवैधानिक राजतन्त्रको कार्ड जिम्मेवार छ । (कुटनीति र राजनिती/क्रान्तीमा प्रतिक्रान्ती/भारतको चक्रव्युहमा नेपाल/जासुसीको जालोमा/चक्रव्युहमा चन्द्र सुर्य/भुराजनीतिक/ योसंग सम्बन्धित समसामयिक लेखहरु खोजेर हेर्नुहोस)
त्यस्तै गरी नेकपा एमाले फेरि फुट्ने तथा एकिकृत समाजवादी पनि बिभाजन गराएर सो दुबै समूह वामदेव गौतमको पार्टीमा एकता हुने विश्लेषण छ । (एमसीसी पास गराउने ओलीको अन्तरवार्त/टिकटक/हिन्दुत्व-संवैधानिक राजतन्त्र पक्षधारता एमाले भित्रको एउटा हिस्सा/20फेब्रवारी 2022 नेपाल पत्रको समाचार/TV tody झलनाथ खनालको आक्रोस: सल्लाहा नगरी माधव नेपालले एमसीसी टेबल गराएकोमा र रामकुमारी झाक्रीको आक्रोस:माधबले एमसीसी पास नगराए पार्टी छोड्ने चेतवानी/एमालेमा भिम रावलको एमसीसी बिरोधी अभियान/ घनश्याम भुसालको मौनता/वामदेवलाई चिनको कार्ड/सामन्त कुमार गोयल देखि चिनका राजदुत होउ यान्छिको नेपाल भ्रमण र दवाव आदी बिषयको लेखहरु हेर्नुहोस) अर्को तर्फ जनता समाजवादीमा बिवाद उत्पन्न भई पार्टी फुट्ने र सो मध्य एउटा समूह एकीकृत समाजवादीसंग एकता गर्ने विश्लेषण हुँदै आएको छ ।
यो भन्दा अगाडि नै एमाले-माओवादी एकता, त्यसपछि बिघटन फेरि एमालेबाट पनि एकीकृत समाजवादी, उता राजपा-जनता समाजवादी एकता र फेरि बिभाजन र अझै पनि जसपाबाट बिभाजन गरि एकीकृत समाजवादीसँग एकता गर्ने विश्लेषण छ ।
निष्कर्षमा: जुनसुकै पार्टी होस, फुटेर सानो-सानो टुक्रामा रहदा देशलाई घाटा हुन्छ । जसले स्थिर सरकार दिन सक्दैन । वैदेशिक हस्तक्षेप भित्रीन्छ । तर यो दुनियामा स्वर्थ सिद्द प्रमुख भएकाले राजनीतिलाई आफ्नो स्वार्थ पुर्ती गर्ने माध्यम बनाएको छ । देशप्रती जिम्मेवार भएन । केटाकेटीको खेल जस्तो भयो । यदी परिस्थिति बदलिएन भने यो घटनाहरु अवश्य हुनेछ । यो दुखद कुरा हो । (यसलाई बुझ्न नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन पनी हेर्नुहोस)
लघुवित्तमा देखा परेका समस्याहरु, सहकारीले समेत लघुवित्त सेवा प्रदान गर्दै
गोबिन्द प्रसाद पौडेल प्रबन्धक, आरएमडीसी लघुवित्त वित्तीय संस्था लि., काठमाण्डौँ स–साना आय आर्जन गर्ने र बैंकिङ्ग पहुँच भन्दा टाढा रहेको गरीब
एमाले सिद्धान्त-संगठन र स्थानिय तहमा देखिएको प्रश्न
-पारस काङमाङ राई विषय प्रवेश: मार्क्सवाद ठोस परिस्थितीको ठोस विश्लेषण हो । थुप्रै विकल्प/बाटोमा छलफल गर्न सकिन्छ । एउटै पात्र वा
एमाले महाधिवेशन: केही टिप्पणी र सुझावहरु
लेखक - पारस काङमाङ राई (१) नेकपा(एमाले) को १०औँ महाधिवेशनको बन्द शत्रमा भारतिय कम्युनिष्ट पार्ट्रीका नेता जोगिन्दर सिंहले बोल्दै नेपाललाई हिन्दु

प्रतिकृया दिनुहोस