क्यान्सरका बिरामीहरूको फलोअप नछुटोस भनि आफै फोन गरेर बोलाउने गर्छुः डा. सोनिया दुलाल
वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको मेडिसिन विभाग अर्न्तगत क्यान्सरका विरामीहरुका लागी बिशेषज्ञ सेवा सुरू गरीएको छ । मेडिकल अंकुलोजीको लागि इन्टरनल सकाएपछि ३ वर्षे डिएम गरेकी डा. सोनिया दुलालले गत साउन १ गतेबाट जिम्मेवारी सम्हालेपछी प्रदेश १ का क्यान्सरका विरामीहरूले राहत पाएका छन । उनै डा. दुलाल संग रेडियो धरानले गरेको कुराकानी प्रस्तुत छ ।
धरानको वीपी प्रतिष्ठान नै किन?
प्रदेश नं. १ मा क्यान्सरका धेरै बिरामीहरू छन । कोभिडको कारणले काठमाण्डाैँमा उपचार गरीरहेका विरामीहरूलाई आउन जान कठिन भएको छ । फेरी क्यान्सरको उपचार जहाँपनि सम्भव छैन ।
मेरो लक्ष्य भनेको अत्यावश्यक बिरामीहरूलाई गएर सहयोग गर्न, सेवा गर्नु जहाँ खाँचो त्यहाँ गएर काम गराैँ भन्ने थियो । वीपी प्रतिष्ठान ठुलो अस्पताल हो जहाँ धेरै क्यान्सरको बिरामीहरूको अप्रेसन हुन्छ । तर पनि बिरामीहरू रेफर हुन परीरहेको छ । यसकारण यहाँबाट विशेषज्ञ आवश्यक परेको कुरा जानकारी मन्त्रालयमा आएको थियो, त्यो अनुसारले यहाँको खाँचोलाई हेरेर म यहाँ आएको हो ।
यहाँ आउँदा वीपी प्रतिष्ठानमा क्यान्सरको सेवा कस्तो पाउनुभयो?
यहाँ आउदा क्यान्सरको लागी अंकोलोजि डिपार्टमेन्ट नभएको तर सर्जरी डिपार्टमेन्ट भएको मैले पाए । स्त्रीरोग सम्बन्धी क्यान्सर रोग जुन गाइनो अंकुलोजिष्ट भन्छाैँ, स्त्रीरोग सम्बन्धि हेर्ने डाक्टर हुनुहुन्छ । सर्जरीमा पनि क्यान्सरको अप्रेसनहरू भइरहेको छ ।
तर क्यान्सरको उपचार गर्नको लागि यतिले पर्याप्त हुदैन । अप्रेसन गरीसकेपछि कुन चरणको क्यान्सर हो त्यसको आधारमा बाँकी उपचार गर्नुपर्ने हुन्छ । यदि गरीएन भने अप्रेसन गरेको फेरी २/३ महिनामा क्यान्सर फर्केर आउन सक्छ वा फेरी अरूतिर फैलिएर जान्छ । म यहाँ आउँदा क्यान्सरको आधा मात्र उपचार भइरहेको मैले पाए । जस्तो पाठेघरको क्यान्सर फ्याकिएको त छ तर त्यसपछि विरामीको लागी केहि पनि गरीएको छैन । अथवा एउटा दुईवटा केहि किमो थेरापीहरू पाएको र पछी फलोअप पनि गुमाएको छ ।
सर्जरीमा पनि ठुलो अप्रेसनहरू राम्रो संग भइहेको छ । यहाँ दक्ष जनशक्ति छ तर त्यसपश्चातको उपचारमा कमि थियो । मैले सुरूवादको दिनहरूमा जतिपनि विरामीहरू भटे सबैजसो रीकरेन्ट पाए । स्तनको क्यान्सरमा जस्तै पहिलो, दोस्रो चरणमा त काटेर फ्याकेपछि त्यसमा अवस्था हेरेर केहि चरण किमो थेरापी गरेपछि अथवा टार्गेट थेरापी हुन्छ त्यो गरीसकेपटि निर्मूल हुन्छ । त्यो कहिले पनि फर्केर आउदैन । फर्केर आउने चान्स कम हुन्छ ।
तर त्यस्तो सुरुवातको चरणको बिरामीहरू पनि म आउँदा कसैले ८ महिनादेखि उपचार नपाएको, कसैले एउटा दुइटा किमो थेरापी साइकल लिएको त्यसपछि नलिएकोले फेरी बल्झेर अन्य ठाउँ फोक्सो, कलेजोमा गएको देख्दाखेरी एकदमै दुख लाग्थ्यो । किन कम्प्लीट भएन ? एकदमै अपुग रहेछ भन्ने जस्तो अनुभव भएको थियो ।
हाल तपाईले फलोअपका लागी कसरी व्यवस्था मिलाइरहनु भएको छ?
म जोइन भएपछी मैले सबै बिरामीको फोन नम्बर सहित रेकर्ड गरेर राख्ने गरेकी छु । सुरुमै मैले ओपिडीमा विरामी हेर्दाखेरी बिरामीलाई यो मितिमा आउनुपर्छ अथवा वहाँहरू त्यो समयमा नआएमा म आफै फोन गरेर बोलाउने गर्छु । वहाहरूको फलोअप नछुटोस भनेर जति महिनाको उपचार छ त्यसमा एउटापनि, अलिकतिपनि नछुटोस भनेर लागी परेको छु ।
कार्तिक सम्ममा १ सय १ जना बिरामीको नियमित उपचार भइरहेको छ । सबै बिरामीको डिटेल्स मसंग छ । अहिले कोभिडको कारण फेस टु फेस गरेर बोल्ने असहज भएकाले सबैलाई भाइबर र वाट्सएप राख्नु भनेको छु । वहाँहरूले मलाई त्यसमा रीपोर्ट पठाउनुहुन्छ । त्यो अनुसार नै वहाँहरू आफ्नो पालोको बारेमा जानकारी लिने, कहाँ आउने लगायतको जानकारी लिने गरेका छन । यसले गर्दा वहाँहरूको उपचार पुर्ण गराउन मद्दत मिलेको छ ।
अर्को भनेको प्रतिष्ठानमा हामीसंग रेडिएसन डिपार्टमेन छैन । रेडियो थेरापीको लागि चाहि बिरामीको अवस्था हेरेर ज-जसलाई चाहिएको छ त्यसको लागि मैले हाललाई काठमाण्डाैँ अथवा जहाँ उपलब्ध छ त्यहाँ पठाउनुपर्ने हुन्छ । त्यो पनि कम्युनिकेशन गरेर पठाएकी छु । रेडियो थेरापीको लागि त्यसरी नै उपचार कम्प्लीट भइरहेको छ ।
काम गर्न कत्तिको सहज वातावरण छ?
यो एक्लैले गर्नसक्ने काम हुँदै होइन । त्यसैले मलाई एउटा टिमको जरुरत पर्ने भएकाले सुरुमा यहाँका पदाधिकारीहरूले डा. सञ्जिव शर्मासंग भेटाइदिनुभयो । यो महत्वपुर्ण करा भयो । त्यपछि वहाँले चाहिने टिम मिलाइदिनु भएको छ । मलाई चाहिने किमो नर्स, रेजिडेन्टहरू साथमा अरू फिजिसियन फ्याकल्टीजहरूको सपोर्ट मिलेको । सबै सपोर्टहरू एकदमै राम्रो छ । जस्तो मलाई बेड चाहियो, वार्ड चाहियो त्यो सबै मिलेको छ, मलाई अहिलेसम्म बिरामीको लागि बेड छैन भनेर फर्काउन परेको छैन ।
जनशक्तिको कस्तो अवस्था छ?
अहिले कोभिडको कारण जनशक्तिको एकदमै कमि छ । भएको जनशक्तिले कोभिडमा गएर काम गरीराख्नु परेको छ भने मेडिसिनको अरू रोगहरू पनि हेरीराख्नुभएको छ । उता क्यान्सरको बिरामीलाई दिनुपर्ने किमो थेरापीको औँषधि उपचारहरूमा पनि वहाँहरू सेवारत हुनुहुन्छ । डिपार्टमेनबाट भने सधै इङ्करेजमेन्ट भइरहेको छ ।
क्यान्सर विशेषज्ञ सेवालाई वीपीमा स्थापित गर्न के आवश्यक देख्नुहुन्छ?
वीपीमा क्यान्सर विशेषज्ञ सेवा स्थापित गर्नका लागी सबैभन्दा महत्वपूर्ण यहाँ डेडिकेटेड वार्ड र डेडिकेटेड टिम चाहिन्छ । क्यान्सरको बारेमा क्यान्सरका बिरामीलाई मात्र हेर्ने एउटा टिम भयो भने पुरै ध्यान दिन सकिन्छ । त्यसले गर्दा यसको छुट्टै एउटा डिपार्टमेन चाहिन्छ ।
बिरामी धेरै भएकाले २/४ वटा बेडले मात्र पुग्दैन । त्यसको लागि एउटा वार्ड नै चाहिन्छ । डिपार्टमेन अफ मेडिकल अंकोलोजी भनेर त्यसमा चाँहि डेडिकेटेड नर्स नै चाहिन्छ । साथमा मलाई रेजिडेन्टहरूको सपोर्ट चाहिन्छ नै र आउँदा दिनमा अरू जनशक्तिहरू बढाउनको लागि जसरी म डिएम् पढेर आए त्यसैगरी डिएम् खोल्न सकिन्छ । त्यो एउटा वातावरण भएमा सजिलो हुन्छ । अरू भनेको इन्फाइन्स्टक्चर, बायोसेफ्टी क्याविनेट, छुट्टै इनहाउस फार्मेसी भएमा सुविधा हुनेछ जसको लागी पहल भइरहेको छ ।
हाल क्यान्सरको विरामीहरूको कसरी उपचार हुने गरेको छ?
क्यान्सरको बिरामीको लागि भनेर सबैभन्दा पहिला ओपिडिमा विरामीको रोग कहाँकहाँसम्म पुगेको छ भनेर हेर्नको लागि सिटिस्क्यानहरू गर्नुपर्ने हुन्छ । त्यसको लागि हामीसंग इमेजिङ उपलब्ध छ । त्यसपछि रोग कुन किसिमको हो त भनेर बायप्सी गर्नुपर्ने हुन्छ बायप्सी गरीसकेपछि कुन चरणमा छ भनेर डायग्नोसीस गर्नुपर्ने हुन्छ त्यसको लागी हामीसंग प्याथोलोजिष्टहरू हुनुहुन्छ ।
त्यसपछि यहि अप्रेसन गर्ने स्टेजको हो भने सर्जरी गर्नुपर्ने हुन्छ । यहाँ ठुलो ठुलो सर्जरीहरू भइरहेको छ । दक्ष सर्जनहरू पनि हुनुहुन्छ । सर्जरी गरीसकेपछि यो रोग फर्केर नआओस भनि थप उपचार आवश्यक पर्दछ । सबै केसमा सर्जरी गर्नुपर्छ भन्ने छैन कुनै केसमा सर्जरी नगरेर औँषधिले मात्र पनि काम गर्छ । किमो थेरापिले मात्र पनि काम गर्छ । किमो थेरापी, टार्गेटेड थेरापी, इम्युनो थेरापी भन्ने हुन्छ । हामीसंग अहिले नभएको भनेको रेडियो थेरापी मात्र हो । यो प्रतिष्ठानमा मात्र हैन नेपालमा पनि अभाव नै हो । रेडियो थेरापीबाहेक अन्य सबै सुविधा प्रतिष्ठानमा उपलब्ध छ ।
नेपालमा रेडियो थेरापीको हकमा काठमाण्डाैँको सरकारी अस्पताल भक्तपुर क्यान्सर हस्पिटलमा यो सेवा रहेको छ । रेडियो थेरापी दिने मेसिन, प्राविधिक सेक्टरको कुरा गर्दा काठमाण्डाैँ क्यान्सर सेन्टर, पुर्वाञ्चलमा पनि पूर्वाञ्चल क्यान्सर हस्पिटल लगायत अन्य ठाउँहरूमा यसको सेवा छ । यति धेरै क्यान्सरको बिरामी भएको नेपालमा रेडियो थेरापो सबैलाई पुग्ने जति त छैन तर हुँदै नभएको चाहि होइन ।
क्यान्सरको लक्षणहरू कस्तो हुन्छ?
यदि कुनैपनि विरामीहरूको चाहि अनयुजल तरीकाले ताैल घटीरहेको छ । शरीरमा कुनैपनि भागमा गाँठागुँठीहरू आएको छ । घाँटीमा काखीमा अथवा कोखामा महिलावर्गहरूमा स्तनमा गाँठोहरू आइरहेको छ । आन्द्राको क्यान्सरमा चाहि कहिले पखाला लाग्ने, कब्जियत हुने दिसा गर्ने ठाउँबाट रगत जाने अथवा पिसाब मुत्र नलीको क्यान्सर हुने अवस्थामा पिसाब गर्ने बेलामा रातो रगत जाने असहज खालको लक्षणहरू देखा पर्ने अथवा थाकेको जस्तो हुने, रगतको क्यान्सर हुनेहरूमा सेतो हुँदै जाने गाँठागुँठीहरू आउने पेटमा फियोहरू बढ्ने कहिलेकाहि फियोहरू छाम्दा पनि थाहा पाउने हुन्छ । फियोहरू बढेर पेट ठुलो हुने यि लक्षणहरू भनेको साधारण लक्षणरू हुन् यि लक्षणहरू देखा परे क्यान्सर पो हो कि भन्ने बिचार गर्नुपर्छ ।
त्यस्तै, अर्को भनेको नेपालमा स्त्री वर्गमा पाठेघरको मुखको क्यान्सर धेरैमा देखा पर्ने गरेको पाइन्छ । त्यो कारणले गर्दा पाठेघरको मुखबाट रगत जाने, पिप जाने अथवा कुनै मासु पलाएको त्यस्तो केहि लक्षण छ भने चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । त्यो पनि सुरुवाति चरणमा भयो भने निर्मूल पार्न सकिन्छ । अर्को भनेको खोकि लाग्दा खकारमा रगत देखिने यो चाहि फोक्सोको क्यान्सर हुनसक्छ । अथवा टाउको दुख्ने बान्ता हुने आँखा दुख्ने त्यो भयो भने टाउको सम्बन्धि समस्या हुन सक्छ । सुरुवाति चरणमा सानो समस्या हो भनेर हेलचेक्राइ गर्नुहुँदैन । सुरुवाति चरणमा उचित उपचार गर्नसकेमा क्यान्सरलाई पराजित गर्न सकिन्छ ।
क्यान्सर लाग्नुमा उमेर र जिवनशैलीले कस्तो प्रभाव पार्दछ?
क्यान्सर रोग बुढापाकालाई मात्र लाग्ने रोग हो भन्ने भ्रम रहेको छ । तर क्यान्सर जुनै उमेर समहुका व्यक्तिलाई देखा पर्न सक्छ । उमेर अनुसारको क्यान्सरको जुन वर्ग छ त्यो फरक फरक छ । जस्तो रगतको क्यान्सरहरू भनेको भरखरै जन्मेको सानो नानीहरूमा पनि १/२ वर्षको बच्चाहरूमा पनि हुन्छ । अर्को हड्डीको क्यान्सरहरु यो चाहि टिन एजका उमेरमा हुन्छ । अर्को जम सेल ट्युमर यो चाहि शतप्रतिशत निको हुने क्यान्सरमा पर्छ, यो पनि १७/१८ वर्षको उमेरमा हुन्छ । यो अण्डकोषको क्यान्सर हो ।
लिम्फमा भन्छाै ग्रन्थीको क्यान्सर यो सानो उमेरमा पनि हुनसक्छ र ६० वर्ष नाघेको उमेरमा पनि हुनसक्छ । अर्को भनेको फोक्सोको क्यान्सर पहिला पहिला हामिले ६०/७० वर्षको उमेरलाई मात्र हुन्थ्यो भनेर ठान्थ्यै तर २५ वर्षको भरखरको मान्छेमा पनि फोक्सोको क्यान्सर देखिएको छ । आन्द्राको क्यान्सर १५ वर्षको बच्चामा पनि देखिएको छ ।
खानपानको कुराहरू अथवा जिवनशैलीको कुरा गर्नुहुन्छ भनेदेखि धेरैजसो केमिकल फर्टिलाइजर्सहरू प्रयोग गरीएको खानेकुरा, रेडिमेट खानेकुरा खानाले, धुम्रपान, मद्यपान जसले गर्नुहुन्छ वहाँहरूमा कलेजो, फोक्सो, पेटको क्यान्सर हुने गर्दछ । अर्को भनेको धुवा, धुलोमा धेरै काम गर्ने, केमिकलहरूमा काम गर्ने, रङ्गरोगन गर्नेहरूमा समेत क्यान्सर देखिने गरेको अध्ययनले बताएको छ ।
क्यान्सरको रोकथाम कसरी गर्न सकिन्छ?
रोकथामका लागी खानपानमा ध्यान दिन जरूरी छ । धुम्रपान तथा मद्यपान नगर्ने । स्त्रीहरूमा पाठेघरको मुखको क्यान्सर कमन छ र त्यसको लागि भ्याक्सिनहरू उपलब्ध छ । सबैलाई जानकारी हुदैन । त्यो भ्याक्सिनहरू पनि ९ वर्षदेखि १२ वर्षको सानो उमेरमै लगाएमा पाठेघरको मुखको क्यान्सरमा रोकथाम हुन्छ ।
यस्तै महिलाहरूमा स्तनको क्यान्सरमा पनि कमन भएको छ । स्तनको क्यान्सरमा पनि यदि परीवारमा आमालाई, दिदीबहिनीहरूलाई भएको छ भने त्यो वंशाणुगत हुने भएकाले अब आउने पिढीमा नहोस भन्नको लागि पनि रोकथामका माध्यमहरू छन् । त्यसलाई रोकथाम गर्नको लागि विभिन्न औँषधिहरू उपचार अथवा सर्जरी गर्ने पद्धतिहरू पनि छ ।
पेटको क्यान्सरको अवस्थामा पनि वंशाणुगत हुन सक्छ । वंशाणुगत छ है भनेर थाहा पायो भने आउने पिढीलाई क्यान्सर नहोस भनेर गरीने विभिन्न पद्धतिहरू छ । यो रोकथामका कुराहरु भए । परीवारमा कुनै क्यान्सरको लक्षण छ भनेदेखि त्यो खुलेर भन्नुपर्ने हुन्छ । हामीलाई पनि हुनसक्छ कि भनेर त्यसबाट बच्ने उपायहरू छ । त्यसको लागि परामर्श लिन जरुरी छ । यो वंशाणुगत मात्र नभएर नयाँ पिढीमा पनि आउन सक्छ ।
क्यान्सरको विषयमा तपाईले पाउनुभएको महत्वपूर्ण उपलब्धिहरू के के छन?
मैले टोरोन्टो, क्यानडाको प्रिन्सेस मार्गरेट क्यान्सर सेन्टरमा युआइसिसि टेक्निकल फेलोसिप अवार्ड अर्न्तगत चाैथो चरणको फोक्सोको क्यान्सरको उपचार पद्धतिको बारेमा अध्ययन गरेको छु । क्यान्सर सम्बन्धि उत्कृष्ट रिसर्च गरेबापत अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजी अर्न्तगत मेरीट अर्वाडबाट सम्मानित भएको छु । त्यस्तै सिंगापोर, थाइल्यान्ड, युरोप र भारत लगायतका राष्ट्रहरूमा क्यान्सर सम्बन्धि रिसर्च पेपर प्रस्तुत गरेको मेरो हालसम्मको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छु ।
अन्त्यमा के भन्न चाहनुहुन्छ?
अहिले वीपी प्रतिष्ठान भनेको प्रदेश नं. १ को लागि एउटा आशाको केन्द्रबिन्दु हो, यहाँ विभिन्न किसिमको थुप्रै उपचार सम्भव छ । अहिले हाल म यो क्यान्सरको विशेषज्ञको रूपमा आएको छु । मलाइ के गर्न मन छ भने धेरैजसो बिरामीहरू मैलै देख्दाखेरी अलरेडि एकदम चाैथो चरणमा पुगेको अथवा रोग धेरै नै बल्झिसकेको अनि रोगहरू लुकाएर राखेको अवस्थाको बिरामीहरू भेटेको छु ।
अहिलेको अवस्थामा हामी सबैको हातमा मोबाइल छ । सञ्चार माध्यमहरू यतिधेरै छ । सबैले समाचारहरू पनि सुनि रहनुभएको हुन्छ । यसमा अझै पनि जनचेतनाको कमि भएको जस्तो मलाइ महसुस भएको हुन्छ । धेरै बिरामीहरू अस्पताल आउनुभन्दा बरू धामी झाँक्रिकोमा जान रूचाउनुहुन्छ । बरू फार्मेसीमा गएर एतिकै पेट दुखेको छ भनेर पेट दुखेको औँषधि खाने गर्नुहुन्छ । हाम्रो बिरामीले जसलाई विश्वास गर्नुहुन्छ जस्तो कम्युनिटी हेल्थ भोलेनटर्स, फर्मासिस्ट भयो, ट्रेडिस्नल हिलर जुन धामीझाँक्रीहरू भयो वहाँहरूलाई एकजुट गरी सचेत गराउन जरूरी देखिन्छ ।
अब क्यान्सर लागेपछि मरीहाल्छु भन्ने भ्रम समेत सर्वसाधारणहरूबाट हटाउन जरूरी छ । सुरूवादको चरणमा भएमा पूर्ण रूपले निको पार्न सकिन्छ । कहिलेकाही फोक्सोको क्यान्सरहरू, आँखाको क्यान्सरहरू चाैथो चरणको भएतापनि हामीले त्यसलाई सुगर प्रेसर जस्तै बाचुञ्जेल औँषधि खाएर नियन्त्रणमा राख्न सकिनछ । चाैथो चरणमा भएतापनि रोगलाई नियन्त्रणमा राखेर लामो समयसम्म क्वालिटी अफ लाइफ सहज तरीकाले बाँच्न सकिन्छ । त्यो कुराहरूको लागि परामर्श चाहिन्छ ।
प्रतिष्ठानमा उपचार त्यति महङ्गो पनि छैन र उपचार पनि सजिलो छ । अहिले कोभिडको कारणले बिरामीहरूलाई प्रत्यक्ष भेट्न गाह्रो हुनेभएकाले एपको माध्यमबाट विरामीहरूले रीपोर्ट पठाउनुहुन्छ त्यसले गर्दा ओपिडीमा आउने लाइन बस्ने पैसा तिर्ने सबै सजिलो भएको । सिधा पठाउँनुहुन्छ मैले त्यसमै रिप्लाइ गर्छु अनि ट्रिटमेन प्रोटोकल बनाइन्छ । आज बिहान रिपोर्ट आएको आजै देखाउन पाउनुभयो आजै ट्रिटमेन प्लान हुन्छ अनि भोलि नै उपचार पाउनुहुन्छ । त्यो गर्दा धेरै सजिलो भएको छ । यो कोभिडले गर्दा धेरै कुराहरू सिकाएको पनि छ । बिरामीहरूलाई पनि सचेत बन्न सिकाएको छ ।
अर्को भनेको मलाइ छुट्टै जनशक्तिको आवश्यकता छ । १/२ जना भएर मात्र हुदैँन किनभने हालसम्मको १ सय १ बिरामी मैले मेमोराइज गरीराख्नुपर्ने परेको छ । भोलिको दिनमा यो बिरामीहरूलाई फलोअप नछुटोस भन्नलाई छुट्टै जनशक्ति भएमा कामको बाँडफाँड भई उपचारमा सहजता मिल्नेछ । त्यस्तै आवश्यक इन्फाइन्सट्रक्चरको व्यवस्थापनका लागि पनि छिटोभन्दा छिटो कदम चालिनुपर्ने आवश्यक देखेको छु ।
धरानको पुनर्जिवन होमियोप्याथिक क्लिनिकमा फाल्गुन २ गतेदेखि ७ गतेसम्म निःशुल्क स्वस्थ्य शिविर हुने, एक्युपंचर पद्धति के हो ?
धरान-९ आचार्य लाईनस्थित सञ्चालनमा रहेको पुनर्जिवन होमियोप्याथिक क्लिनिक प्रालीले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा यही फाल्गुन २ गतेदेखि ७
अस्तित्व र पहिचान दोस्रो पुस्तामा हस्तान्तरण गर्ने हाम्रो उद्देश्य छः- अध्यक्ष जनम लिङ्दम
संघिय लेखक मञ्च प्रवास मलेसियाको आयोजनामा “अस्तित्व र पहिचानको निम्ति विश्वब्यापी खुल्ला अनलाइन कविता प्रतियोगिता २०२०/२०२१” भइरहेको छ । यसै
अमेरिकी निर्वाचन परिणाम: निर्वाचित राष्ट्रपति जो बाइडन र उप-राष्ट्रपति कमला ह्यारिस को हुन?
धरान (२०७७-०७-२३) – जो बाइडन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति

प्रतिकृया दिनुहोस