धरानको पुनर्जिवन होमियोप्याथिक क्लिनिकमा फाल्गुन २ गतेदेखि ७ गतेसम्म निःशुल्क स्वस्थ्य शिविर हुने, एक्युपंचर पद्धति के हो ?
धरान-९ आचार्य लाईनस्थित सञ्चालनमा रहेको पुनर्जिवन होमियोप्याथिक क्लिनिक प्रालीले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा यही फाल्गुन २ गतेदेखि ७ गतेसम्मको लागि निःशुल्क स्वस्थ्य शिविर आयोजना गर्दैछ । उक्त स्वास्थ्य शिविर किन ?, के को लागि र एक्युपंचर पद्धति के हो ? भन्ने विषयमा क्लिनिकका सञ्चालक तथा एक्युपञ्चर फिजिसियन डा.भवानी भट्टराईसंग गरिएको कुराकानी :-
१. शिविरको प्रमुख उद्देश्य के हो ?
- सिविरको मुख्य उद्देश्य दिर्घ रोगी, गरिब, बृद्ध, अशक्त तथा पिडित बिरामिहरुको उपचार गर्ने हो । हाम्रो पहिलो प्राथमिकता उनीहरुलाई नै हुनेछ र बाँकी अरुलाई हेरिनेछ । वर्षाैँदेखि औषधी खाएर पनि निको नभएका विरामीहरुलाई विशेष उपचार गर्ने हो । हाम्रो उपचारको पद्धतिबाट निको नभएका विरामीहरुको स्वास्थ्यमा सुधार ल्याउने प्रयास गर्नेछौँ ।
२. शिविरमा कस्ता-कस्ता विरामीको निःशुल्क उपचार हुन्छ ?
- शिविरमा विरामी चेकजाँच, एक्युपंचर सेवा, कपिन, थेरापी ईत्यादीको सेवा निःशुल्क प्रदान गरिनेछ । चेकजाँच हामी निःशुल्क प्रदान गर्नेर्छाैँ भने आवश्यक औषधीहरुमा भने शुल्क लाग्नेछ ।
३. शिविरमा कति उमेर समूहका विरामीहरु आउन पाउँछन् ?
- जत्तिसुकै उमेर समुहका पनि विरामिहरु आउन सक्छन् । हामीले उमेरको कुनै अवधि राखेका छैनौँ । विशेषगरी हामीले अशक्त वृद्धहरुलाई नै प्राथमिकता दिने भनेका छौँ । यो अगाडी समेत हामीले ७० वर्ष भन्दा माथिकाहरुका लागि निःशुल्क चेकजाँच गराईदिदै आएका छौँ ।
४. शिविरमा कुनकुन र कस्ता विशेषज्ञ डाक्टरहरुको उपस्थिति रहनेछ ?
- शिविरमा जम्मा ५ जना प्राविधिकहरुबाट चेकजाँच गरिनेछ । पहिलो दिन भक्तपुर होमियोप्याथिक मेडिकल कलेजका सह-प्राध्यापक वरिष्ट होमियोप्याथिक चिकित्सक डा.रोज प्रजापतिद्वारा चेकजाँच गरिनेछ । त्यस्तै अन्य दिनहरुमा दैनिक डा.योगेन्द्र राई लगायतको टिमबाट उपचार चेकजाँच सेवा प्रदान गर्नेछौँ ।
५. शिविरमा कतिजना विरामीहरुको चेकजाँच गर्ने लक्ष्य रहेको छ ?
- शिविरमा करीब ५ सय जना विरामी हेर्ने हामीले अनुमान गरेका छौँ । त्यसमा पनि प्रत्येक दिनमा ५० जना विरामी मात्र हेर्नेछौँ । जम्मा ६ दिन नै एक्युपञ्चर सेवा, थेरापी, चेकजाँच निःशुल्क रहनेछ ।
६. क्लिनिकको विशेषता के छ ?
- होमियोप्याथिक र एक्युपञ्चर जोडेर एकैचोटी उपचार गर्दा राम्रो प्रभाव पार्नेछ र उपचार प्रभावकारी बन्नेछ । फरक-फरक पद्धतिहरुमा चल्ने एक्युपञ्चर उपचार सेवा वास्तवमा उपचारको राम्रो पद्धति हो । यो विरामीहरुको लागि एकदमै प्रभावकारी बन्नेछ । होमियोप्याथिक औषधि एक्यपञ्चर विन्दुहरुमा लाउने विधिको विकास गर्ने यस क्लिनिकको विषेषता हो । यो पद्धती अन्य क्लिनिकहरुमा छैन । पहिलो पटक यस क्लिनिकले सञ्चालनमा ल्याएको हो ।
७. पुनर्जिवन होमियोप्याथिक क्लिनिक प्रालीको उद्देश्य के रहेको छ ?
- सस्तो तथा सुलभ तरिकाले स्तरिय स्वास्थ्य सेवा दिनु नै यस क्लिनिकको मुख्य उद्देश्य रहेको छ । साथै साइड इफेक्ट रहित एक्युपञ्चर तथा होमियोप्याथिक उपचार पद्धतिको बारेमा व्यापक जनचेतना जगाउनु हो ।
८. क्लिनिक सञ्चालनमा आएको २ वर्ष वितेछ, यो अवधिभरी के कस्ता उपलब्धीहरु आए र बिरामीहरु कतिको सन्तुष्ट छन् ?
- पुराना-पुराना कहि कतै निको नभएका बिरामीहरु पनि यहाँको उपचार पाएर सन्तुष्ट छन् । यो अवधिमा क्लिनिकमा चाप हेर्ने हो भने लोभ लाग्दो नै छ । धेरैले यो पद्धतीलाई मन पराईदिनुभएको छ । यो उपचारबाट धेरै विरामी सुधार भएर गएका छन् । यो अवधिमा राम्रो नतिजा पाएका छौँ । त्यसैले पुर्ण हामिले हाम्रो निःशुल्क सेवा र यो सेवाको उपलब्धी र फाईदाबारे विरामीहरुलाई सन्देश पुर्याउन पनि यो सञ्चालनमा ल्याएका हौँ । पुनः हामीले यो उपचार बारे विरामीहरुमा प्रभावकारी बनाउन सफल बन्नेछौँ भन्ने लागेको छ ।
९. एक्युपञ्चर उपचार पद्धति भन्नाले कस्तो उपचार बिधि हो ?
- एक्युपञ्चर उपचार पद्धति भन्नाले हाम्रो शरीरमा भएका विभिन्न बिन्दुमा विभिन्न धातुको निर्मलीकृत सियोद्वारा घोचेर गरिने विशेष उपचार बिधि हो । यो विधिबाट उपचार गराउँदा शरिरमा कुनै नकारात्मक असर गर्दैन । दुखाईबाट राहत दिलाउन वा चिकित्सा प्रयोजनका लागि यो पद्धती अपनाईन्छ । साथै एक्युपञ्चर भनेको हाम्रो शरीरका भित्री अङ्गहरुको ब्यायाम हुने भएको हुदा निरोगी ब्यक्तिले पनि कहिले कहि यो विधि अपनाउन सकिन्छ ।
अस्तित्व र पहिचान दोस्रो पुस्तामा हस्तान्तरण गर्ने हाम्रो उद्देश्य छः- अध्यक्ष जनम लिङ्दम
संघिय लेखक मञ्च प्रवास मलेसियाको आयोजनामा “अस्तित्व र पहिचानको निम्ति विश्वब्यापी खुल्ला अनलाइन कविता प्रतियोगिता २०२०/२०२१” भइरहेको छ । यसै
क्यान्सरका बिरामीहरूको फलोअप नछुटोस भनि आफै फोन गरेर बोलाउने गर्छुः डा. सोनिया दुलाल
वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको मेडिसिन विभाग अर्न्तगत क्यान्सरका विरामीहरुका लागी बिशेषज्ञ सेवा सुरू गरीएको छ । मेडिकल अंकुलोजीको लागि
अमेरिकी निर्वाचन परिणाम: निर्वाचित राष्ट्रपति जो बाइडन र उप-राष्ट्रपति कमला ह्यारिस को हुन?
धरान (२०७७-०७-२३) – जो बाइडन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति

प्रतिकृया दिनुहोस