अस्तित्व र पहिचान दोस्रो पुस्तामा हस्तान्तरण गर्ने हाम्रो उद्देश्य छः- अध्यक्ष जनम लिङ्दम
संघिय लेखक मञ्च प्रवास मलेसियाको आयोजनामा “अस्तित्व र पहिचानको निम्ति विश्वब्यापी खुल्ला अनलाइन कविता प्रतियोगिता २०२०/२०२१” भइरहेको छ । यसै विषयमा रेडियो धरान ८८.८ मेगाहर्जकी कार्यक्रम प्रस्तोता यशोदा लिम्बुले संघिय लेखक मञ्च प्रवास मलेसियाका अध्यक्ष जनम लिङ्दमसंग गरेको कुराकानी :-
१. कविता प्रतियोगिता गरीरहनुभएको छ, तयारी के कस्तो हुदैछन् ?
- जानकारी पाउनु भएछ खुशी लाग्यो र तपाईका साथीहरुलाई पनि जानकारी गराउनुहोला । तयारीको विषयमा हामी मानसिक, भौतिक र आर्थिक रुपमा पुरा तयारीमा छौँ ।
२. प्रतियोगिताप्रति जनमानसले कतिको चासो देखाएका छन् ?
- जनमानस चासो चिन्तन अलि नभएको जस्तो लागिरेहेको छ तर पनि हामी प्रयासमा छौँ विशेषत हामिले प्रतियोगीताको नियम र मापदण्डमा कविताभित्र अस्तित्व पहिचान खोजेका छौँ । अन्यमा नभएपनि साहित्यमा अभिरुचि राख्नुहुनेहरुमा चासो बढी नै रहेको पाएका छाैँ ।
३. कति प्रतियोगीहरुले भाग लिन्छन् होला ?
- कविता प्रतियोगिताको बारेमा जिज्ञासा राख्ने धेरै नै भएकोले हाम्रो अनुमानमा २ सयदेखि ३ सय जनासम्मको सहभागी हुन्छ कि भन्ने आशा गरेका छाैँ ।
४. पुरस्कारको राशी पनि धेरै राख्नु भएको छ, आर्थिक पक्षलाई कसरी व्यावस्थापन गरिरहनु भएको छ ?
- हामीले पुरस्कार राशीलाई हामीले पनि धेरै मानेका छौँ । यो कार्य सौहार्द पुर्ण सम्पन्न गर्न चुनौतीको नै विषय हो । आर्थिक पक्षलाई हामीले त्यति सहज नमाने पनि साहस भने गरेका छौँ ।
५. प्रतियोगितामा कम्तीमा १ सय ५० र बढीमा २ सय शब्दको कविता हुनुपर्ने भन्नुभएको छ तर उदयमान कविहरुले शब्द तोकिएको कारण हाम्रो कवितामा शब्द पुगेन र इच्छाहुँदाहुँदै पनि भाग लिन पाएनौ भन्ने धेरै गुनासो गर्नुभएको छ यससम्बन्धमा तपाई के भन्न चाहनुहुन्छ ?
- साहित्य र सिर्जनाका आफ्नै नियम र मापदण्ड हुन्छन, यो त झन प्रतियोगिता हो यहाँ नियम हुनुमा कुनै अनौठो होइन । कविताको मापदण्डमा शब्दमा यतिका शब्दमा हाम्रो उदेश्य अनुसार अस्तित्व र पहिचान समेट्न सकिन्छ कि भन्ने उदेश्यले राखिएको हो । हामिले पहिचानका भाव भएका कविता अहिलेसम्म देखेका पढेका यस्तै यति नै शब्दमा बनेका भेटेका छौँ । यतिकाले पनि सबै भाव नभेटे पनि यतिका सम्म राख्ने निर्णयमा पुगेका हौ । उदयमान प्रतिभाहरुमा आफू आफ्नो भुगोल, भाषा, लिपि, जातिय, लिङ्ग, अस्तित्व, पहिचानको ज्ञान हुन जरुरत मानेका छौँ । अग्रजहरु यसबारेमा पारङ्गत भैसक्नु भएको मानेका छौँ र अनुजहरुलाई हामीले ज्ञान दिन र लिन खोजेका हौँ । त्यसैले यस विषयलाई प्राथमिकतामा दिएका हौँ ।
६. प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य के रहेको छ ?
- हामीलाई पनि प्रतियोगिता आयोजना ठूलो लागिरहेको छ । हामी समूहमा कार्य गरीरहेका छाैँ र हुन पनि जरुर छ । हामीले नेपाली साहित्य जगतमा हाम्रो लागि यो एक ऐतिहासिक कार्य मानेका छौँ । अहिले हामीमा पश्चिमी रहनसहन, बोलीचाली, व्यबहारले आक्रमण गरिसेकेको छ । त्यसैले हामीले हाम्रा अस्तित्व, पहिचान, भाषा, लिपि, भौगोलिक इतिहास दोस्रो पुस्तामा हस्तान्तरण गर्ने गराउने उद्देश्य राखेर प्रतियोगिताको आयोजना गरेका हाैँ ।
७. आगामी योजनाहरु के-कस्ता रहेका छन् ?
- यश संगठनको आगामी योजनाका बारेमा भन्नु पर्दा यस प्रतियोगितामा आएका जति पनि प्रतियोगी कविताहरुको एक सङ्ग्रह कविता पुस्तक (Row pdf File) मा प्रकाशित गर्ने र पाठक माझ पुर्याउने, कविता मार्फत ज्ञान, चेतना जानकारी दिने हाम्रो योजना रहेको छ ।
८. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
- अन्त्यमा समग्रमा भन्नु पर्दा यस कार्यक्रमलाई सम्पन्न गर्न आएका चुनौतीको सामना गर्दै यस प्रतियोगितामा सहभागी हुनेले म को हु ? म के हु ? म कहाँको हु ? म भित्र के छ ? भन्नेको ज्ञान जानकारी अवश्य हुनेछ र पाठकहरुमा पनि यस्ता ज्ञान हुनेछ र दिनेछ भन्ने हाम्रो आशा भरोसा रहेको छ ।
धरानको पुनर्जिवन होमियोप्याथिक क्लिनिकमा फाल्गुन २ गतेदेखि ७ गतेसम्म निःशुल्क स्वस्थ्य शिविर हुने, एक्युपंचर पद्धति के हो ?
धरान-९ आचार्य लाईनस्थित सञ्चालनमा रहेको पुनर्जिवन होमियोप्याथिक क्लिनिक प्रालीले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा यही फाल्गुन २ गतेदेखि ७
क्यान्सरका बिरामीहरूको फलोअप नछुटोस भनि आफै फोन गरेर बोलाउने गर्छुः डा. सोनिया दुलाल
वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको मेडिसिन विभाग अर्न्तगत क्यान्सरका विरामीहरुका लागी बिशेषज्ञ सेवा सुरू गरीएको छ । मेडिकल अंकुलोजीको लागि
अमेरिकी निर्वाचन परिणाम: निर्वाचित राष्ट्रपति जो बाइडन र उप-राष्ट्रपति कमला ह्यारिस को हुन?
धरान (२०७७-०७-२३) – जो बाइडन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति

प्रतिकृया दिनुहोस