• ON AIR
  • UP NEXTधरान खबर

 नौटङ्की माया कथा सङग्रह कृतिको लोकार्पण 

धरान(२०७८-०१-०३) - केशब रिमालद्वारा लिखित नौटङ्की माया कथा सङग्रह कृतिको लोकार्पण एक कार्यक्रम बीच प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले गरेका छन ।


डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकासमा ल्याएको कथाकार रिमालको पहिलो कथा संग्रह हो । विभिन्न ९ वटा शीर्षकमा रहेका कथाहरु समावेश भएको कथा संग्रहका विषयमा आर.सी. थपलिया, हिमराज अधिकारी, यर्जुवेदानन्द प्रसाद भट्टराई लगायतले चर्चा गरेका थिए ।


शुभकामना मनतब्यका क्रममा प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यासीले साहित्य मानव जीवनको सवैभन्दा सुन्दर पक्ष हो, साहित्य लोकोपकारको पक्षमा हुनुपर्छ । साहित्य देश, समाज, धर्म, परम्परा, रितीरिवाज, मनोविज्ञानसँग जोडिने भएकाले यो हामीभन्दा टाढा रहन नसक्ने र यस किसिमका साहित्यिक कृतिले समाज परिवर्तन तर्फ मुखरित हुनुपर्ने बताएका थिए ।


कथा संग्रहमा सामाजिक, राजनैतिक र माया प्रेमका विषयलाई कथाकारले विषयवस्तु बनाइ प्रस्तुत गरेका छन् । डियर कल्याण साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष विनोद विवश घिमिरेको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा प्रदेश नं.१ का प्रदेश सभाका सदस्य सर्वध्वज सावा सहित पूर्वका विभिन्न ठाउँका साहित्यकारहरुको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

ब्राण्डिङ र मनि-माईन जस्तै छ, तिहार पनि !

-पारस काङमाङ राई देशमा, मनि-माईन छ मसाल छ ब्राण्डिङ छ रमाईलो र रोमान्स छ रङ-रोगनले घरहरु सजिएको छ उसका बाजागाजाले पुरै देश सजिएको छ सेलीब्रेटी जस्तो

रक्सी भट्टीमा एउटा दशै

यादले सताएको कुरा सुन्न उनका जीवनका भोगाई गुन्न जानू छ, कान्छिको रक्सी भट्टी पसलमा । महान छिन कान्छि रे, अनि शान्ति रे अदृष्य उसका भावहरु अशान्तिको

बेलायती सर्जकहरुले भव्य रुपमा मनाए मातृभाषा साहित्य उत्सव

धरान(२०७७-११-११) - लन्डन - बेलायतमा पछिल्लो चार वर्षयता साहित्यिक गतिविधिहरु बाक्लिदै गएका छन् । विविध विधामा संस्थागत क्रियाकलापहरु हुँदै आएतापनि