• ON AIR
  • UP NEXTधरान खबर

रक्सी भट्टीमा एउटा दशै

यादले सताएको कुरा सुन्न
उनका जीवनका भोगाई गुन्न
जानू छ, कान्छिको रक्सी भट्टी पसलमा ।


महान छिन कान्छि रे, अनि शान्ति रे
अदृष्य उसका भावहरु
अशान्तिको पोको बिकेर
कोदो र मकै बारीमा
कोदालो र कचियाका डोबहरु
बाउसे र रोपाहारका छोपहरु
अब त बिरानो भएछ,
शहरतिर भौतारिएको जिन्दगी
खानै पर्ने छ एक गिलास रक्सी
जानै पर्ने छ, जसरी पनि
उहीँ कान्छिको रक्सी भट्टी पसलमा ।


मान्छेहरुरुको कथा
मान्छेहरुको कबिता
मान्छेहरुको गजल
मान्छेहरुको व्याथा
पृथ्वी प्रलय भए झै भयो रे
उ जानू छ, क्यासिनोमा
जानू छ महाङगो क्याविनमा
जब जुवा र तासमा हार्छ
फेरि सम्झनाले सताउँछ
उहीँ कान्छिको रक्सी भटी पसलमा ।


भिडभित्रको
एक्लो सत्यवादी प्रमाणित गर्ने चेष्टामा
आमाले किनी दिनु भएको एउटा सम्झाना
त्यो पनि हान्नु छ, जुवामा
अनि हानी सकेपछि
भरै बेलुका जानू छ फेरी पनि
उहीँ कान्छिको रक्सी भट्टी पसलमा।


बिगत ईतिहास हो
शिक्षा लिन सकिन्छ
अहिले बर्तमान हो
जीवन जिउने कर्म गरिन्छ
भबिष्य सपना हो
सुन्दर- समृद्दी मुटु भित्र बोकिन्छ
तर तिक्तताको मरुमरुभुमिमा टेकेर
देशलाई उपहारको फुल र बर्थडेको गिफ्ट बनाएर
दिन सकिन्न पराईलाई
अब जानू छैन,मलाई
कहिले पनि कान्छिको रक्सी भट्टी पसलमा।

   नोट:कसैको जीवनमा मेल खाएमा छमाप्राथी छु ।

प्रतिकृया दिनुहोस

ब्राण्डिङ र मनि-माईन जस्तै छ, तिहार पनि !

-पारस काङमाङ राई देशमा, मनि-माईन छ मसाल छ ब्राण्डिङ छ रमाईलो र रोमान्स छ रङ-रोगनले घरहरु सजिएको छ उसका बाजागाजाले पुरै देश सजिएको छ सेलीब्रेटी जस्तो

 नौटङ्की माया कथा सङग्रह कृतिको लोकार्पण 

धरान(२०७८-०१-०३) - केशब रिमालद्वारा लिखित नौटङ्की माया कथा सङग्रह कृतिको लोकार्पण एक कार्यक्रम बीच प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी

बेलायती सर्जकहरुले भव्य रुपमा मनाए मातृभाषा साहित्य उत्सव

धरान(२०७७-११-११) - लन्डन - बेलायतमा पछिल्लो चार वर्षयता साहित्यिक गतिविधिहरु बाक्लिदै गएका छन् । विविध विधामा संस्थागत क्रियाकलापहरु हुँदै आएतापनि