ब्राण्डिङ र मनि-माईन जस्तै छ, तिहार पनि !
-पारस काङमाङ राई
देशमा,
मनि-माईन छ
मसाल छ
ब्राण्डिङ छ
रमाईलो र रोमान्स छ
रङ-रोगनले घरहरु सजिएको छ
उसका बाजागाजाले
पुरै देश सजिएको छ
सेलीब्रेटी जस्तो हुने राजनीतिक होड छ ।
बहुराष्ट्रीय निगम छ ।
नवउद्दारवाद छ ।
तिहार घर घरमा छाएको छ
म अभागी मान्छे
भाग्य खोज्न नसकेको
सबै बाट
हेपिएको छु
कुटीएको छु
सक्दो चुटीएको छु
पिसिएको छु
त्यसैले प्रश्न गर्छु म
अनि सानू कहाबाट कहिले आउँछ
निकट भबिष्यमा समाजवाद ?
उ भाषण गर्छ,
सामुहिकता र समाजवादको
अनि भट्याउछ
जीवन र मरणको !
तर समाजवाद
आज उसको खल्तीमा छ
सामुहिकता उसको निजी सम्पती हो
व्याक्तीवाद उसको स्वार्थमा छ
भाग्यवाद उसको सपना छ
अनि कहा/कहाँ बाट
कहिले बज्छ र सानु
समाजवादका धुनहरु ?
अगाडीका प्रत्येक तिहारमा
माईती र चेलीको भेटमा
मैले यही कुरा भन्ने गरेको छु
यही कुरा साट्ने गरेको छु
त्यही त कारण आज म एक्लो छु
म सङ्ग चेलीहरु छैनन
पराई धेरै टाढा-टाढा !
नजिक हुनका लागि त
मनि पनि त चाहिदो रहेछ नि सानू ?
तिहार एउटा चाड हो
आधुनिक्ताको जगले होला
बिकृतीको अभ्यास देखेकै छु ।
दिन दिनै महङ्गी बढ्दो छ
सारा संसार अहिस,आराम तिर छ
तर म भने एक्लै भनी रहेको छु
यो तिहार सामुहिकता होस
चेलीहरु नरिसाउन
आफ्न्त सबै खुशी होउन
कोहि पनि नरिसाउन ।
तर देश त डुबी सकेछ,सानु
पराई भुमिमा
अनि पावर,मनि,ब्राण्डिङ र सेलीब्रेटीमा ।
तर देशको
म एउटा सिपाही हु
देशको लागी लड्नु छ
लाग्छ जिन्दगीका पानाहरु
यही लड्दा लड्दै सिद्दिने छ।
म सपना बाड्छु
सपना पस्कन्छु
हिजो,आजको बिष्लेषणमा
भोलीका लागि भनेर
अब नयाँ पुस्तालाई
गोरेटो देखाउने काम गर्छु ।
हावा र हुण्डरीमा
देशलाई आकश जस्तै
रितो बनाएर
तिहारको खुशियालीमा
म हास्ने छैन
म झिलीमिली र रम्झममा नाच्ने छैन
जीवन खोक्रो होस
श्वास भईन्जेल
लडने छु।
जब खुशियाली होस
तब तिहारमा
चेली र माईती सङगै हुनुपर्छ
भेटघाट हुनु पर्छ
त्यसमा समनता पनि चाहिन्छ
त्यसैले कहाँ बाट/कहिले आफै आउछु
भन्छ र सानु,समाजवाद ?
हामीले आफै ल्याउने र लड्ने हो।
नोट:कबिता नारावादी भयो, क्षमाप्राथी छु
रक्सी भट्टीमा एउटा दशै
यादले सताएको कुरा सुन्न उनका जीवनका भोगाई गुन्न जानू छ, कान्छिको रक्सी भट्टी पसलमा । महान छिन कान्छि रे, अनि शान्ति रे अदृष्य उसका भावहरु अशान्तिको
नौटङ्की माया कथा सङग्रह कृतिको लोकार्पण
धरान(२०७८-०१-०३) - केशब रिमालद्वारा लिखित नौटङ्की माया कथा सङग्रह कृतिको लोकार्पण एक कार्यक्रम बीच प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी
बेलायती सर्जकहरुले भव्य रुपमा मनाए मातृभाषा साहित्य उत्सव
धरान(२०७७-११-११) - लन्डन - बेलायतमा पछिल्लो चार वर्षयता साहित्यिक गतिविधिहरु बाक्लिदै गएका छन् । विविध विधामा संस्थागत क्रियाकलापहरु हुँदै आएतापनि

प्रतिकृया दिनुहोस