एमाले सिद्धान्त-संगठन र स्थानिय तहमा देखिएको प्रश्न
-पारस काङमाङ राई
विषय प्रवेश:
मार्क्सवाद ठोस परिस्थितीको ठोस विश्लेषण हो । थुप्रै विकल्प/बाटोमा छलफल गर्न सकिन्छ । एउटै पात्र वा जडमा रहेर/टास्सिएर अगाडी बढ्दा निष्कर्ष बिहिन उन्मुख हुन जान्छ । तर मार्क्सवाद कुनै एकै ठाउँमा टास्सिरहने विज्ञान/सिद्दान्त भने होईन । यो त सार्वभौम सिद्दान्त हो । राजनीतिक दलहरु र दल भित्र तथा हाम्रो समाजमा कुरा चपाउनेहरुको कमि छैन । यसले विकल्प बिहिन्ता छलफललाई अगाडी बढाउन सकिदैन ।
पूँजीवाद:
सामन्तवादको जगबाट अर्थात अन्त्य भएपछि पूँजीवादको विकास हुने हो । तर जुनसुकै “वाद”मा किन नहुन सामन्तवाद कहि न कतै जिवीत भने रहिरन्छ । यो बैज्ञानिक सिद्दान्तका सिद्द विषय पनि हो । अत:धेरै पूँजी सिमित व्याक्तीको हातमा राखेर थोरै पूँजी बहुसङ्ख्यक जनतालाई दिने व्यवस्था पूजीवाद हो । अर्थात पूँजीवाद चरम सिमा के हो भने धेरै पूँजी सिमित व्याक्तीको हातमा हुने र थोरै पूँजी दुख, सुख जे गरेर भएपनि बहुसङ्ख्यक जनतालाई दिने तथा भोकै मर्न नदिने व्यवस्था पूँजीवाद हो । पुजीवाद उच्चतम बिन्दु योग्यता, पारदर्शिता, सुशासन र जवाफदेहिता हो ।
दलालपूँजीवाद:
दलालपूँजीवाद आफै खाउ, आफै लाउ, आफ्नो स्वार्थमा केन्द्रीत हुने, जनता भोकै बसोस की मरोस वा बाचोस या देशको सम्पतीहरु बहुराष्ट्रिय निगमलाई बेच्ने, साम्राज्यवादको पाउमा चढाउने, नीजिकरण, विश्वव्यापीकरण गर्ने जस्ता काम गर्दछ भने त्यो चरित्र दलालपूँजीवाद हो । उद्योगधन्दा,कल-कारखानामा लगानी नगर्ने, राष्ट्रिय पूँजी निर्माणको बाधक बन्ने, अनुत्पादक पूँजी आफ्नो निम्ति जम्मा गरिरहने, उत्पादनमुखी कार्यक्रममा लगानी नगर्ने, कमिसन, भ्रष्टचारमा लिप्त हुने तथा कहि कतै खर्च नगर्ने पूँजी दलालपूँजी हो । नेपालको सन्दर्भमा अहिलेको मुख्य समस्य दलालपूँजीवाद हो ।
आजको समाजवाद:
आजको संसारमा शास्त्रीयकालिन ढंगले समाजवाद असम्भव छ । यसो भनी रहदा विश्व नवउद्दारवाद पनि संकट मुक्त छैन । उसले पनि आफ्नो बाटो परिवर्तन नगरी धरै छैन । सो अनुरुप नै आज मार्क्सवादका कतिपय पारुपहरु नवउद्दारवादी/पूँजीवादी तथा साम्राज्यवादी मुलुकहरुले समेत फ्युजन गर्दै लगेको छ ।
मार्क्सवादी-लेनिनवादी-माओवादी वा कुनै कम्युनिष्ट सिद्दान्त विचार निर्देशित व्यावहरिक प्रयोग हो । त्यो प्रयोगका सन्दर्भमा शिक्षा, स्वस्थ्य, रोजगार, गाँस, बास, कपास प्रधान र प्राथामिक आधार हो । पूजीवादले विकाश गरेको भौतिक संरचनालाई टेकेर नै समाजवाद आउने हो । त्यसकारण समाजवादमा पनि बहुदलिय प्रतिस्पर्धा, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्दान्त जस्ता विशेषताहरु आवश्यक छ । तर त्यो अवधीमा गर्ने कुरामा कुनै कन्जुसाई भने गर्नु हुदैन ।
चरित्र र पार्टी निर्माणको प्रश्न:
मार्क्सवाद-लेनिनवाद मार्गनिर्देशन सिद्दान्त अनुसार पार्टी निमार्णको प्रश्न:लेनिनवादी संगठनात्मक सिद्दान्तको आधारमा जनवाद-केन्द्रीयता प्रधान विषय हो । तर यसको कार्यन्वयन नहुदाको परिणाम आज कम्युनिष्टहरुको चरित्र स्वखलन हुँदै रोमान्सवाद तर्फ बढेको छ । ब्रान्डिङ हुने तर्फ अगाडि बढेको छ । चुनावी रोमान्सवादको चक्रव्यहुमा फस्दै गएको छ । वासिङटन सम्झौता/पूँजीवाद-साम्राज्यवादको प्रभावमा सामुहिकतालाई बलि चढाउदै लगेका छन । यसले नेपालमा मात्र होईन कुनै पनि कम्युनिष्ट पार्टी निर्माण होईन, ध्वस्ता बनाउँदै लान्छ । आज नेपालका कम्युनिष्टहरुमा गुट-उपगुट, स्वर्थ हुनु बढ्नुमा यसको प्रभाव नै मुख्य हो ।
एमाले माथीको प्रश्न:
नेकपा(एमाले)मा विभिन्न गुट-उपगुटका कारण पार्टी बिभाजन समेत भएको छ । त्यसको प्रभाव स्थानिय तहमा पनि परेको छ । वास्तवमा माधव नेपालले पार्टी बिभाजन गरेपछि सो विचार समूहमा लाग्नेहरु कतिपयले एमाले छोडेका छैन । तर कार्यकर्ता व्यवस्थापनमा भने समस्या रहेको छ । ओलि संस्थापन र नेपाल विचार समूह बिचमा लामो समयसम्म रस्सा कस्सी भयो । अन्तत्वगोता परिणाम नेपालले फरक पार्टी गठन गरे । त्यसको प्रभावका बारेमा “जुटेको राम्रो, फुटेको नराम्रो”भन्ने नै हो । यसले एमालेलाई नै क्षेती भएको छ । माथिको गुट-उपगुट प्रभावले अझै पनि एकतामा समस्या सृजना भएको छ । अब भरखरै एमालेको १० औँ महाधिवेशन सम्पन्न भएपछि अन्तरसंघर्ष भने रहेको छैन । त्यसले दिएको म्यान्डेटलाई मानेर जानू नै एमालेका नेता, कार्यकर्ताको हित हुनेछ । अबको समान्तर गतिविधी पनि वान्छानिय हुदैन । किनकी १० औँ महाधीवेशनले दिएको म्यान्डेट त्यो नै पार्टीको आगामी महाधिवेशनसम्मको म्यान्डेट हो ।
(क)सुनसरी जिल्ला कमिटी:
प्रदेश कमिटी व्यवस्थापन हुँदै सुनसरी जिल्लाको पार्टी कमिटी व्यवस्थापन भएको छ । अर्थात पार्टीले एउटा निष्कर्षमा पुर्याएर आधिकारिक म्यान्डेट पाएको कमिटी बनेको छ । अब यसैको निर्देशनको आधारमा स्थानिय पार्टी कमिटीहरु सञ्चालन हुने हो । यस सन्दर्भमा कतिपय स्थानिय नेता, कार्यकर्ताको उचित व्यवस्थापन समेत हुन सकेन । तर जे होस सुनसरी जिल्ला कमिटी आधिकारिकता भएको मान्यता केन्द्र र प्रदेशले दिएपछी यो नै आधिकारिकता कमिटी हो । समानन्तर कमिटी आफैमा अजिम्मेवारीता हो । अब असन्तुष्ट भए जिल्ला महाधिवेशनमा मात्र त्यसको निर्क्योल गर्न सकिन्छ । यहि नै वैधानिक बाटो हो । भन्ने निष्कर्ष दिएको छ । यसमा दुईमत नहुने विश्लेषण गर्न सकिन्छ ।
(ख)निर्वाचन क्षेत्रीय कमिटी:
नेकपा एमालेले २०७८ मङ्सिर २२ गते निर्वाचन क्षेत्रीय कमिटीको भेला गरि १५ बनाएको छ । यधपी दुबै पक्षको सहमतीमा सो महाधिवेशन भएको भए सार्है राम्रो हुने थियो । तर जे भयो अब त्यो आधिकारिक कमिटी नै हुनेछ । यसमा केही कार्यकर्ताको पदीय व्यवस्थापनका विषय सम्बोधन कसरी गर्छन भन्ने कुरा चाहि हेर्न बाकी छ ।
(ग)धरान उपमहानगर कमिटी:
धरान उपमहानगर कमिटी अहिलेसम्म दुई विचार समूहमा नै कृयाशिल छ । अब स्थानिय नेता, कार्यकर्ताको व्यावस्थापन नै प्रधान कुरा हो । यद्यपी दुबै समूहकोबीचमा समस्या त छदैछ भने, त्यो दुबै समूहभित्र पनि आन्तारिक समस्य रहेको छ । यसर्थमा एमालेलाई एकतामा लाने हो भने दुबै समूहले लचकता अपनाएर विभिन्न कोणबाट छलफलमा जानु पर्दछ । जडमा टाक्सिएर एउटा व्याक्ति/पात्र आधार बनाएर मात्र छलफल गर्ने कार्य ठोस परिस्थितीको ठोस विश्लेषण हुन सक्दैन र समस्याले निष्कर्ष दिन सक्दैन । आ-आफ्नो स्वार्थमा एसमेन/व्यक्तिवाद राजनीतिले सिद्दान्त र संगठनलाई कमजोर बनाउँदछ । योबाट दुबै समूह मुक्त भएर एकठाउँमा उभिने आट गर्नु पर्दछ ।
निष्कर्षमा:
एसमेन/व्यक्तिवाद राजनीतिले मार्क्सवाद-सामूहिकतालाई प्रभावित पारेको छ । देशव्यापीरुपमा र धरानमा अहिलेको समस्या पनि यहि हो । व्यक्तिवादले कतिपय कार्यकर्ताको भबिष्यमा समेत प्रश्न उठाई दिएको छ । यसबाट मुक्त हुनु पहिलो काम हो । इमान्दारिता पुर्वक सस्थापन समूहले इतिर समूहको कार्यकर्तालाई उचित व्यवस्थापन गर्नु र जिम्मेवारी दिने कुरामा हिचकिचावट गर्नु हुदैन । दोस्रो दुबै पक्षले विभिन्न विकल्पमा छलफल गर्नु पर्दछ । एउटा विकल्पमा मात्र टास्सिएर जाने, यदी त्यो पात्रले ठाउँ पाएन भने अर्को विकल्प पात्र तयार नगर्ने, बोल्दा समेत चपाएर बोल्ने, या “तिमी बिना म मरिहाल्छु” भन्ने गित झै यसलाई ल्याउन सकिएन भने म कम्जोर हुन्छु भन्ने मानसिकता बोक्ने/ठान्ने यो मार्क्सवादी र लेनिनवादी संगठनात्मक सिद्दान्त हुन सक्दैन । यसकारण थुप्रै विकल्पमा छलफल गर्नु र समस्यको समाधान गर्नु पर्दछ । त्यो नै मार्क्सवाद र लेनिनवादी सिद्दान्तको संगठनात्मक अभ्यास हो । अन्त्यमा एसमेन/व्यक्तिवादको राजनीतिक होईन, मार्क्सवाद-लेनिनवाद र सामूहिकतामा विकल्प सहितको छ्लफलले मात्र समस्यको समाधान गर्दछ ।
लघुवित्तमा देखा परेका समस्याहरु, सहकारीले समेत लघुवित्त सेवा प्रदान गर्दै
गोबिन्द प्रसाद पौडेल प्रबन्धक, आरएमडीसी लघुवित्त वित्तीय संस्था लि., काठमाण्डौँ स–साना आय आर्जन गर्ने र बैंकिङ्ग पहुँच भन्दा टाढा रहेको गरीब
एमसीसी र अस्थिरताको बाटो
-पारस काङमाङ राई एमसीसीले दलहरुलाई फेरि पनि बिभाजन तर्फ उन्मुख गराउँदै लगेको विभिन्न सञ्चार माध्यम, सामाजिक संजाल र उच्चा स्रोतले बताउँदै आएको छ
एमाले महाधिवेशन: केही टिप्पणी र सुझावहरु
लेखक - पारस काङमाङ राई (१) नेकपा(एमाले) को १०औँ महाधिवेशनको बन्द शत्रमा भारतिय कम्युनिष्ट पार्ट्रीका नेता जोगिन्दर सिंहले बोल्दै नेपाललाई हिन्दु

प्रतिकृया दिनुहोस